विराटनगर,२० भदौ।प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्यको अध्यक्षतामा आज प्रदेश सरकार मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकमा मनसुनजन्य विपत प्रभावित नीजि आवास पुनःनिर्माण पुनस्थापन गर्न बनेको कार्यविधिको मस्यौदा पेस भएको छ।
सो मस्यौदा कार्यन्वयन गराउन मुख्यमन्त्रि तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव डा रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिइएको छ।पीडित परिवारालाई सङ्घीय सरकारले ५० प्रतिशत,प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय सरकारले २० प्रतिशत राहत उपलब्द गराउने भन्ने संघको निर्णय अनुसार प्रदेश सरकारको तर्फबाट हिमाली जिल्लाका बासिन्दालाई प्रति परिवार रु पाँच लाख,पहाडी क्षेत्रका बासिन्दालाई रु चार लाख र तराई क्षेत्रका बासिन्दालाईल रु तीन लाख उपलब्द गराउन कार्य विधि सिफारिस गरिएको छ।
प्रदेश अन्तर्गत रहेका लोकसेवा आयोग,योजना आयोगमा रिक्त अस्थायी दरबन्दी सिर्जना गर्ने तथा प्रादेशिक सञ्चार प्रतिष्ठानको संरचनाको व्यवस्थापन तथा स्थायी दरबन्दी सिर्जना गर्ने निर्णय हुनुका साथै मानव अधिकार सम्बन्धी काम गर्न प्रदेश सरकारले फोकल पर्सन तोक्ने निर्णय भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ।
प्रतिक्रिया