बोके दारीकाे “साली कमला २” सार्वजानिक (भिडियाे सहित)

इनेप्लिज २०७८ भदौ १८ गते २:१२ मा प्रकाशित

लेखक/गायक श्री कृष्ण लुइँटेल (बोके दारी) काे नयाँ गित ‘ तिम्रै हुँ म (साली कमला २) सार्वजानिक भएकाे छ बि.सं २०62 सालमा सार्वजानिक भएकाे चर्चित गीत साली कमलाकाे अपार सफलता पश्चात गायक लुइँटेलले पुन ‘साली कमला २’ आफ्नै यूट्रयुव च्यालन बोके दारी अफिसियल मार्फत सार्वजानिक गरेका हुन्।

संगीत/गायन/शब्द बोकेदरी एबम श्री कृष्ण लुइँटेलले गरका छन् भने गीतको एरेज्न जाेनी याेन्जनकाे रहेकाे छ।केशव रायमाझिकाे निर्देशन,सुमन याेन्जनकाे छायांकन रहेकाे उक्त म्युजिक भिडियोमा केशव रायमाझि,कल्पना पाण्डे,प्रतीक श्रेष्ठ,कृष्ण सुवेदी,शुश्मा सुवेदीकाे प्रस्तुती रहेको छ।म्युजिक भिडियोमा प्रतीक श्रेष्ठकाे सम्पादन, कलर ग्रेडिङ हेमन तामाङकाे रहेकाे छ।

लुइँटेलका ‘ए बा किन्देउन भट भट भटे’, ‘डल्ले कि बहिनी’, ‘तेरो बाऊ थोते’, ‘;सुनकाे सिक्री’, ‘ओके छ त’, ‘बाँके बर्दिया’, ‘केराको थम्बा’, गीत बज्यो ट्याक्सिमा..’ लगायत २०० भन्दा बढी गीतहरू सार्वजानिक भइसकेका छन्।

प्रतिक्रिया