एक साधारण नेपालीको नजरमा महाकवि लक्ष्मी प्रसाद देवकोटाको भत्काईएको त्यो घर !

शशी के.सी २०७८ भदौ १७ गते ०:२३ मा प्रकाशित

कुरा पोहोर सालको लकडाउनको हो। कोरोनाको कहरले कतै निस्किन पाईएको थिएन र समाचार साथै जोसॅंग कुरागर्दापनि जताततै कोरोनाको त्रासमात्र थियो। डरबाट ध्यान हटाउन युट्यब हेर्न थालें।हेर्दै जांदा महाकवि लक्ष्मी प्रसाददेवकोटाको छोरीसॅंग कुराकानी गरिएको केही बर्ष पुरानो भिडियो हेर्न पुगें। (यो लेख लेख्ने क्रममा खोज्दा त्यो साथै अरूभिडियो पनि युट्युबमा रहेछ।)

त्यसमा महाकविको घर संरक्षणमा समस्या परेको,बाहिरबाट घर राम्रो देखिएपनि बिसं २०७२ सालको भुकम्पले माथिकोछत खसेर भत्केको देखिन्थ्यो।माटोको घर चर्केको,घरको बाहिर पनि लेउ लागेको,रंगहरू उप्केको थियो।उॅंहाको घरमाभाडामा पनि थरीथरीका मान्छे बस्ने रहेछन्।कोहीले त जाडोमा घरको भर्यायांग नै दाउरा बालिदिएछन्।घर वरीपरी पनि झार उम्रेको देखिन्थ्यो।उॅंहाको सुत्ने,लेख्ने,पढ्ने कोठामा चाहीं ताला लगाएर राखेको थियो।उॅंहाका छोरा छोरीहरूअलग्गै अर्को घरमा बस्ने रहेछन्।जे होस् भिडियो हेर्दा घरको बिचल्ली नै देखिन्थ्यो।

केही दिन अगाडी “त्यही संरक्षणको अभाबमा रहेको देवकोटाको घर” नेपाल सरकारले किनेको र भत्काएर नॅंया संग्रालय बनाउन लागेको समाचार पढें।ल राम्रो हुन लागेछ सोचें।

साहित्यकारको नजरमा महाकवि देवकोटा एक खुल्ला किताब।उॅंहाको जीवनी,उॅंहाले लेखेको रचनाहरूबाटै धेरैले बिभिन्नअध्ययन र बिधाबारिधी गरिसके।एक साघारण नेपालीको नजरमा उॅंहाका रचनाहरूलाई हामीले स्कुलका कितावहरूमापढ्यौं।उॅंहाले लेखेको “ मानिस ठुलो दिलले हुन्छ जातले हुंदैन” बारेमा स्कुलमा कति बक्तृत्वकला गर्र्यौं।“मुना मदन” नाटकमा हेर्र्यों “कुन मन्दिरमा जान्छौ यात्री” भन्ने गीतमा सुन्यौं।उॅंहाको जीवनी पढेर,“ महाकवि कस्तो दानी,आफ्नोलगाई रहेको कोट र तलव नै माग्नेलाई दिने” भनेर गज्जबै मान्यौं।

नेपालको ईतिहासमा यसरी कुनै साहित्यकारको घर जग्गा परिवारसंग नेपाल सरकारले किनेर संग्रालय बनाउन लागेको तयो पहिलो घटना नै हो।अरू साहित्यकारका त कतै मुर्ती स्थापना गरेको,बर्षमा एकपटक जन्म जयन्ती मनाएर फोटोमामाला लगाएको र कसैकसैको चाहीं उॅंहाहरूको परिवारले नै जेनतेन संरक्षण गरेको भेटिन्छ।

तर सोसलमिडिया,पत्रपत्रिकातिर त नेपालका साहित्यकार,संरक्षणविद,पुरात्तवविद,संस्कृतिविद,समाजसेवी आदीभन्ने देखि लिएर संसारभर फैलिएका नेपालीले “घर किन भत्काएको” भनेर नेपाल सरकार र प्रज्ञा प्रतिष्ठानलाई निक्कैगाली गरेको पो देखें।

कतिले बिभिन्न देशमा संसार प्रसिद्ध नाम चलेका साहित्यकारको सयौं बर्ष पुरानो संरक्षण गरिएको घर,संग्रालयमा घुम्नजांदा खिचेको फोटो आदी आफ्ना सोसलमिडियामा राखेर घर भत्काईएकोमा दुख पोखेको देखियो।महाकविको घर पनियसरी नै जीर्णोधार,मर्मत गरेर जस्ताको तस्तै सुरक्षित राखिनु पर्र्थ्यो भन्ने सबैको चाहना थियो।

महाकविको भत्काईएको डिल्लीबजारको घरको कुरा गर्दा,त्यो उॅंहाको जन्मघर हैन।उॅंहा जन्मेको घर त धोबीधारामा अझैछ।उॅंहाले बिसं १९९० मा एकतल्ला बनेको घर किन्नु भएको रहेछ।पछि तिन तल्ला बनाउनु भएछ।उॅंहाको जन्म बिसं१९६६ मा र स्वर्गबास बिसं २०१६ मा ५० बर्षमा भएको हो।यस हिसाबले उॅंहाले २४ बर्षको उमेरमा घर किन्नु भएको र २६बर्षसम्म त्यस घरमा बस्नु भएको रहेछ।

आज भन्दा ६२ बर्ष अगाडी स्वर्गबास हुनु भएको महाकवि,तर यत्रो बर्ष “लगभग ९० बर्ष अगाडी बनेको त्यो घर” अस्ति नभत्काउन्जेल सम्म बाहिरबाट सग्लो अवस्थामा देख्दा चाहीं अचम्म लाग्यो मलाई।उॅंहाको घर वरपर त्यो बेला बनेका कुनैपनि पुराना घर अहिले बांकी छैनन्।

उॅंहाको जीवनी पढ्दा ५ छोरी र ४ छोरा रहेछन्।नेपालको चलन र कानुन अनुसार छोराहरूको बाबुको संम्पत्तिमा हक लाग्छ र अंश बांडेर लिने गर्छन।खै के, कति कारणले हो महाकविको डिल्लीबजारको १२ आना १ दाममा रहेको घर जग्गा चाहीं बांडिएको रहेनछ।

हामी नेपाली असाध्यै छिटो भावनामा बहन्छौं।हामी अरूले “गलत हो” भनिरहॅंदा नबुझिकनै “हो मा हो”मिलाउॅंछौं।सरकारले गरेको काममा त प्राय:सधैं बिरोध नै हुन्छ।घर भत्काएकोमा त्यस्तै भयो।सबैले बिरोध गर्यौ।तर कसैले सोचेनौं,काठमाडौं भुकम्प आईरहने क्षेत्रमा रहेको,त्यो पनि माटो र कच्ची ईंटाले बनेको घर, होला अहिले सम्म त घरले बारम्बार आईरहेको भुकम्पलाई धान्न सक्यो।तर भविष्यमा धान्न सक्छ होला त ? केही भाग त अहिले नै भत्किई सकेको पनि रहेछ।

सरकारले महाकविको घरलाई सार्वजनिक संग्रालय बनाउन लागेको हो।संग्रालय हालकै घरको स्वरूपमा बनाउन लागेको रहेछ।घरको बाहिर सालिक,भित्र देवकोटाको पुस्तकालय,सेमिनार हल,उनले लेख्ने र पढ्ने ठाउॅं बनाउन लागेको रहेछ।साथै पुरानो घरमा राखिएका देवकोटाले पढ्ने,लेख्ने,सुत्ने र आराम गर्ने सामग्रीहरू पनि जस्ताको तस्तै राखिने रहेछ।

नॅंया संग्रालय बनिसकेपछि त्यहां देश बिदेशबाट कैयौं पर्यटक प्रत्येक दिन हेर्न पुग्ने छन्।उनीहरूको सुरक्षालाई पनि त ध्यान दिनु पर्यौ।सो चबिचार पुर्याएर नै सरकारले मर्मत गर्नु भन्दा पुरानो घर भत्क्याएर,नॅंया तर पुरानै शैलीको घर बनाउने निर्णय गरेको होला।

अरूले भने जस्तै घर न भत्काएर तेसैलाई करोडौं खर्चेर मर्मत गरेर संग्रालय बनाएको भए।हामी नेपालीको हल्लाको पछि लाग्ने बानी,कोही पक्कै निक्लि हाल्थ्यो, थोत्रो घरलाई नभत्काई तेत्रो पैसा खर्च गरेर बेकारमा मर्मत गरेको,भत्कियो भने कसले जिम्मा लिने भन्दै सरकारको बिरोध गर्ने र फेरी सबै सरकारको बिरोध गर्न तिर लाग्थ्यौं।

त्यसैले मेरो बिचारमा अब बिबाद गरेर काम छैन।भत्काउनु अगाडी रोक्न नसकेपछि,अब चाडों संग्रालय बनोस्।

अन्त्यमा मनमा लागेको,के अरू साहित्यकारका परिवारले पनि देवकोटा परिवारले जस्तै सरकारलाई आफ्नो पुर्खौली संम्पत्ति संग्रालय बनाउन बेच्न वा दिन सक्लान ?

श्रोत: गुगल सर्च,युट्युब,अनलाईन पत्रपत्रिका र सोसलमिडिया

शशी के.सी

 

शशी के.सी

लेखिका

प्रतिक्रिया