मेट्स ईन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजका अपरेशन म्यानेजर विवेक श्रेष्ठ र एक्स्ट्राटे प्रा.लि.का अपरेशन म्यानेजर सन्तोष श्रेष्ठ बीच यो सहकार्य सम्झौतामा हस्ताक्षर

इनेप्लिज २०७८ भदौ १६ गते १०:३७ मा प्रकाशित

२३ अगष्ट, -०२१-ईन्फर्मेसन टेक्नोलोजीका नेपाली विद्यार्थीहरुलाई रोजगारमूलक तालिम,पढाई पछि कामको खोजी,ईन्टर्नशिप लगायतमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको छ।गत अगष्ट १० तारिखका दिन मेट्स ईन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजका अपरेशन म्यानेजर विवेक श्रेष्ठ र एक्स्ट्राटे प्रा.लि.का अपरेशन म्यानेजर सन्तोष श्रेष्ठ बीच यो सहकार्य सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौता पश्चात मेट्स ईन्टरनेशनलमार्फत अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका शिक्षण संस्थाहरुमा पढाई पूरा गरेका विद्यार्थीहरुका लागि प्लेसमेन्ट,ईन्टर्नशिप तथा कामको खोजीमा एक्स्ट्राटेकले सहायता उपलब्ध गराउनेछ।यसले अष्ट्रेलियाको रोजगार क्षेत्र र बिद्यार्थीहरुलाई जोड्ने काम गर्नेछ।

एक्स्ट्राटेकले अष्ट्रेलियाभर आईटी सेवा तथा तालिमहरु उपलब्ध गराउँदै आएको छ भने अष्ट्रेलिया र नेपालमा कार्यालय रहेको छ।यस्तै मेट्स ईन्टरनेशनलले अष्ट्रेलियासहित विभिन्न ७ देशमा रहेका आफ्ना शाखा मार्फत विद्यार्थीहरुलाई एजुकेशन र माईग्रेसनको क्षेत्रमा सेवा दिँदै आएको छ।

यो सहकार्य सम्झौताले आईटीको क्षेत्रमा पढाई सम्पन्न गरी रोजगारीमा जान लागेका विद्यार्थीहरुका साथै समग्र अष्ट्रेलियन समूदायलाई नै सहयोग पुग्नेछ भन्ने दुबै कम्पनीले विश्वास लिएका छन्।

 

प्रतिक्रिया