किरण गजमेरलाई अनेसासको ट्रष्टी प्रदान
अमेरिका निवासी ‘द भ्वाइस अफ नेपाल रियालिटी सो’का विजेता किरण गजमेरलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी सदस्यता प्रदान गरिएको छ।विदेशमा रहेर किरणले नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सदस्यता प्रदान गरिएको हो।
अनेसास वर्तमान विधान बमोजिम ट्रष्टीको सदस्यता शुल्क एक हजार अमेरिकी डलर रहेको छ।उक्त रकम एरिजोना निवासी अनेसास ट्रष्टीका सल्लाहकार रोहिणी शर्माले प्रायोजन गर्नु भएको हो।शर्माले किरणको गायन क्षमता,स्वर,कला र विदेशमा बसेर पनि नेपाली गीत संगीतमा उनको योगदानको उच्च प्रशंसा गर्नुभएको छ।
अनेसासले किरण गजमेरजस्ता युवा गायकलाई ट्रष्टीको सदस्यता प्रदान गर्न पाएकोमा हर्ष लागेको बताउदै ट्रस्टीका सभापति गीता खत्रीले भन्नुभयो – किरण जस्ता कला,संगीत,गायनमा ख्याती प्राप्त युवाहरुलाई अनेसासमा समेट्न पाएकोमा गौरव महसुस भएको छ।
यसैगरी अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाले प्रवासमा रहेर नेपाली संगीतको सेवामा समर्पित किरणको सांगीतिक लगावले युवापुस्तालाई प्रेरणा दिने बताउनु भयो।
बिओटी उपसभापति पदम विश्वकर्माले किरण जस्ता युवाको सहभागितामा अनेसासले नेपाली भाषा, साहित्य र कलालाई विश्वरङ्गमञ्वमा फैल्याउन सहयोग पुग्ने बताउनु भयो।
अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाले पनि अनेसासमा किरणको आवद्दतालाई स्वागत गर्दै नेपाली वाङ्मयको विविध विधाको प्रवर्धनमा लागेको अनेसासलाई थप रङ् मिलेको बताउनु भयो।
शिकागोमा समलिङ्गी मधुशाला बाहिर गाडीले ठक्कर दिदा तीन पुरुषको मृत्यु ,संदिग्ध फरार
पुटिनद्वारा अमेरिकालाई विश्वव्यापी मामिलालाई अस्थिर बनाएको र युक्रेन युद्धलाई लम्ब्याएको आरोप
कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित
कोलोराडो नेपाली समुदायमा फेरी अर्को दुखःद घटना
‘बाना कप’ भकुण्डो प्रतियोगिताको उपाधि बाल्टिमोर एथलेटिक क्लबलाई प्राप्त
प्रतिक्रिया