सामाजिक सुरक्षा कोष कार्यान्वयन गर्न संघ र संगठनलाई ध्यानाकर्षण

इनेप्लिज २०७८ भदौ १५ गते २१:४४ मा प्रकाशित

विराटनगर,१५ भदौ।नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) प्रदेश नम्बर १ ले योगदानमा आधारित सामाजिक सुरक्षा कोषको रकम दुरुपयोग भएको भन्दै मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको ध्यानाकर्षण गराएको छ।

जिफन्टका प्रदेश अध्यक्ष किशोर धमलासहितको टोलीले आज सामाजिक सुरक्षा कार्यान्वयन सम्बन्धमा ध्यानाकर्षण गराएको हो।जिफन्टले उद्योग संगठन र मोरङ व्यापार संघमा आवद्ध सबै उद्योग प्रतिष्ठानले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकरण गरी नियमित रुपमा योगदान रकम दाखिला गर्न गराउन पत्राचार गर्न माग गरेको छ।

जिफन्टले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन –२०७४ एवं श्रम ऐन २०७४ त्रिपक्षीय सहमतिमै जारी गरेको स्मरण गराउँदै ऐन कार्यान्वयनमा पनि तदारुकता देखाउन आग्रह गरेको छ।उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल तथा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडालाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ।

प्रतिक्रिया