अब ‘खल्ती’बाट कुनै पनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

इनेप्लिज २०७८ भदौ १५ गते १०:०७ मा प्रकाशित

अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी,खल्ती डिजिटल वालेट ले सम्पूर्ण ग्राहकहरुको लागि खल्ती मा उपलब्ध ४०० भन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको छ।

यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी खातामा प्रत्येक पटक रु.२५,००० र दिनको रु.१,००,००० सम्मको रकम निःशुल्क पठाउन वा जम्मा गर्न सक्नेछन्।त्यसै गरी,प्रत्येक महिनाको अधिकतम १० पटक वा रु. २,५०,००० सम्मको रकम बिना कुनै सेवा शुल्क खल्ती बाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिन्छ।

खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल,र एजेन्टहरुको हकमा यो अफर लागु हुनेछ।नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई गरि उक्त आकर्षक अफर मा सहभागी हुन सक्नेछन् ।

उक्त सुविधा सम्बन्धमा सोसियल मिडिया तथा कन्टेन्ट मार्केटिंगका वरिष्ठ अधिकारी रोनिका श्रेष्ठले भन्नुभयो,“खल्ती बाट घरमै बसी सहकारी संस्थाहरुमा पैसा डिपोजिट गर्न वा सहकारीको ऋण तिर्न सकिने सुविधाबाट ग्राहकहरुको अमुल्य समय बचाउन पाउँदा हामी ज्यादै उत्साहित छौँ।हामी आशावादी छौँ कि खल्ती को यो सेवाले हाम्रो डिजिटल नेपाल को अभियानमा थप टेवा पुग्नेछ”
खल्ती बाट आफ्नो सहकारी खातामा निः शुल्क रकम ट्रान्सफर गर्नको लागिः

ड्ड खल्ती एप डाउनलोड गरी लग–इन गर्ने (नयाँ प्रयोगकर्ताहरुले साइन अप मा जाने)
ड्ड खल्ती को होम पेजमा गई “कोअपरेटिभ ट्रान्सफर” मा ट्याप गर्ने
ड्ड अब सम्पूर्ण विवरण दाखिला गरी “भ्यालिडेट कोअपरेटिभ अकाउन्ट” बटनमा दबाउने
ड्ड अन्त्यमा सबै विवरण यकिन भएको निश्चित गरि “ओके” बटनमा ट्याप गर्ने

थप जानकारी खल्ती को ब्लग बाट लिन सकिन्छ।

खल्ती डिजिटल वालेट
१९ लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले बिगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तररुपमा योगदान पुर्याउदै आइरहेको छ।’खल्ती’वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली,पानी,इन्टरनेट तथा टिभीको बिल भुक्तानी,फिल्म,प्लेन,फोहोर व्यवस्थापन शुल्क,ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ।

थप जानकारीको लागि +९७७–९८०१३०११६१ मा पुर्ण कुमार राना लाई सम्पर्क वा [email protected] मा ईमेल गरि बुझ्न सकिन्छ।

 

प्रतिक्रिया