विराटनगर महानगरद्वारा नगरका बन्द बिद्यालय खुलाउने विषयमा छलफल

इनेप्लिज २०७८ भदौ १३ गते १६:०६ मा प्रकाशित

विराटनगर,१३ भदौ।विराटनगर महानगरले कोभीड–१९का कारण लामो समय देखि बन्द रहेका नगरका बिद्यालय सञ्चालन गर्ने विषयमा आज विज्ञ र सरोकारवालाहरुसंग छलफलको आयोजना गरिएको छ।

महानगरका विद्यालय सञ्चालक,अभिभावक संघका प्रतिनिधि तथा प्राध्यानाध्यापकहरुले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्नु पर्नेमा सुझाव दिनु भएको थियो।कोभीड कारण शैक्षिक क्षेत्रमा परेको समस्या र बैकल्पिकरुपमा भइरहेको अनलाईन कक्षाहरुले बालबालिकामा परेको प्रभावका विषयमा समेत चिन्ता ब्यक्त गरिएको छ।

लामो समय मोवाइल,ल्यापटपको स्क्रिनमा बस्दा बालबालिकाको आँखा र मस्तिष्कमा समेत दीर्घकालिन असर पर्ने तर्फ पनि ध्यान दिनु पर्ने औल्याइएको थिए।

विराटनगर महानगरकाका प्रमुख भीम पराजुलीले स्वास्थ्य मापदण्ड पालना गरि शैक्षिक क्षेत्रमा विद्यार्थीको भौतिक उपस्थितिमा अध्यापन गराउने सम्वन्धमा परामर्श लिनु भएको छ।

छलफलमा उठेका कुराहरुलाई संम्बोधन गर्ने गरी विद्यालय सञ्चालन व्यवस्थापन कार्य ढाँचा निधारण गर्न शैक्षिक प्रशासन महाशाखाका शिक्षा अधिकृत कृष्ण भट्टराइको संयोजकत्वमा सात सदस्य समिति समेत गठन गरिएको छ।समितिमा शिक्षक महासंघका बेदु खतिवडा,हिसान बाट भेषराज पोखरेल,एनप्याप्सन र प्याप्सनकातर्फबाट इन्द्र राई,अभिभावक संघ नेपाल बाट देवीपन्थी,सामुदायीक विद्यालय व्यवस्थापन समितिबाट कृष्ण गौतम रहनु भएको छ।

समितिले एक हप्ताभित्रै विद्यालय सञ्चालन गर्न परामर्श तथा व्यवस्थापन कार्य ढाँचा निर्धारण गर्ने छ।समितिले खाका तयार गरेपछि विद्यालय सञ्चालन गर्ने निर्णयमा पुग्ने प्रमुख पराजुलीले बताउनु भयो।

 

प्रतिक्रिया