स्रस्टा साँझ अमेरिकाको गाईजात्रा बिशेष हास्यव्यग्य कार्यक्रम सम्पन्न

सुरेन उप्रेती अटवा क्यानडा २०७८ भदौ १३ गते ११:०९ मा प्रकाशित

 

सुरेन उप्रेती, अटवा क्यानडा-शनिवार,भाद्र १२ गते,२०७८ तदनुसार अगष्ट २७,२०२१ का स्रस्टा साँझ अमेरिकाले गाइजात्रा बिशेष कार्यक्रमको आयोजना गर्यो। कार्यक्रममा नेपालका बिभिन्न ठाउँ जस्तै ईलामबाट प्राध्यापक डम्बर पहाडी “एलाक”,झापाबाट प्रेम ओली,बिराटनगरबाट नेपाली दुर्गा ,पोखराबाट गंगा कर्माचार्य पौडेल,भक्तपुरबाट कृष्ण मुरारी गौतम,“चट्याङ मास्टर”,साहित्यसागरका कार्यकारी सम्पादक रमेश सुभेच्छुक,काठमाण्डुबाट सिस्नोपानी नेपालकी हरिकला उप्रेती,मन्जुश्री गिरी,पवन बुढाथोकी,आर सी रिजाल,तारा केसी,डिल्ली मूलतिहुन आदि स्रस्टाहरू सहभागी हुनु हुन्थ्यो।त्यस्तै गरी भारतको सिक्किमबाट त्रिपुरा खरेल,र सिलिगुडीबाट कृष्ण प्रधान उपस्थित हुनुभएको थियो।क्यानडाको अटवाबाट सुरेन उप्रेती,र टोरन्टोबाट डाक्टर गोविन्दसिँ रावत हुनुहुन्थ्यो।त्यस्तै अमेरिकाको न्यूयोर्कबाट डाक्टर मधु माधुर्य श्रेष्ठ,बिश्वराज अधिकारी ओक्लोहमा,प्रभात दिक्षित टेक्सास,वसन्त श्रेष्ठ भर्जिनिया, भगवती पौडेल डालसबाट,खेमराज पोख्रेल टेक्सासबाट हुनु हुन्थ्यो।

स्रस्टा साँझका अध्यक्ष प्रभात दिक्षितबाट सबै उपस्थित साहित्यकारहरूलाई स्वागत गरी शुरू भएको कार्यक्रमलाई पवन बुढाथोकी र सुरेन उप्रेतीले सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो।सहभागी साहित्यकारहरूले आआफ्ना घोचिला र पेचिला हाँस्यव्यग्यहरू सुनाउनु भएको थियो।समसामयिक बिकृति र बिसंगतिका श्रव्य दृश्यका रूपमा प्रस्तुत गीत कविता गजल मुक्तक र एलाकले सबैलाई मन्त्रमुग्ध बनाएको थियो।प्रेम ओलीको “पुर्पुरोमा लेख्ने बाजे” ब्यग्य कविता सुनाउनु भयो।त्यस्तै डाक्टर गोविन्द सिँ रावतले तीनवटा मुक्तक ‘अवला’ ‘घण्टा’ ‘जी’ ‘पार्क’ ‘नेताआ’ आदि व्यंग्य कविताहरू सुनाउनु भयो।तारा केसीले “मान्छेको सोचाई” “ वहाँ” “सरकार” “खिचातानी” शिर्षकका मुक्तकहरू सुनाउनु भयो।साहित्यकार वसन्त श्रेष्ठका तीनवटा व्यग्य मुक्तक “अमेरिका” “नेपाल” “नअल्मल्याउ अब” प्राध्यापक डम्बर पहाडीका एलाक र मुक्तकहरू प्रस्तुत गर्नु भयो।“ करबृद्धि नगरपालिका” “कोक्रामा नातानातिनी” मुक्तक “रत्नपार्कमा” “छोडेभयो” “डाउटछ” “भोट” “भ्रष्टचार” “चोट्टेपरेकोछ”।त्रिपुरा खरेलको व्यग्य कविता ‘गाइजात्रा कविता’ गङगा कर्माचार्य पौडेलको ‘आलुको झोल’ डाक्टर मधुमाधुर्य श्रेष्ठ ‘क्यालेण्डर’ शिर्षकको व्यग्य कविता सुनाउनु भयो।मुक्तककार मन्जुश्री गिरी मुक्तक ‘गाईजात्रा’ ‘कठैनेता’ ‘बिचार गर्दै गर्नु’ ‘छुई’।रमेश सुभेच्छुक दुई टुक्रा ‘झण्डा’ ‘पार्टी खोल्नु पर्छ’,‘तिमी’शिर्षकको कविता सुनाउनु भयो।नेपाली दुर्गाको व्यग्य कविता ‘खाउ’।त्यस्तै गरी रामचन्द्र रिजालको मुक्तक ‘गाला चड्काउँदा’ कविता ‘कल्ले भन्छ विकाशभा छैन’ कवि भगवति पौडेलको ‘थाहाछैन’ कविता र गजल ए’जिन्दगी’ प्रस्तुत भए।

हाश्य व्यंग्यकार सिस्नोपानी नेपालका संस्थापक चट्याङमास्टरले कार्यक्रकमको प्रमुख आतिथ्यता गर्नु भएको थियो।हँसाउने कार्य राजनितिज्ञहरूले लिएको हुनाले आफुले व्यग्यमात्र लेख्ने गरेको बताउनु भयो।“छोरा तँ उधोग नखोल है” भन्ने व्यग्य कविता वाचन गरेर सुनाउनु भयो।कार्यकक्रमको बिशेष अतिथिमा सिलगुडिका साहित्यकार कृष्ण प्रधान हुनुहुन्थ्यो।यसरी अन्तराष्ट्रिय रूपमा भएको यस गाइजात्रा बिशेष कार्यक्रमले धेरै साहित्यकारहरू सँग भेट गराएको भन्दै आयोजकहरूलाई धन्यवाद दिनु भयो।सहजगर्ता द्वय सुरेन उप्रेती र पवन बुढाथोकीले पनि आआफ्ना व्यग्यहरू वाचन गर्नु भएको थियो।कार्यक्रमको अन्त्यमा बिश्वराज अधिकारीले सबै सहभागि साहित्यकारहरूलाई धन्यवाद दिनु भएको थियो।

https://www.facebook.com/pkb.budhathoki/videos/195097105887384

प्रतिक्रिया