एनआरएनएका संस्थापक डाक्टर महतो सगुन बारेमा के भन्नु हुन्छ

समाचारदाता २०७८ भदौ १३ गते २:४७ मा प्रकाशित

नेपाल भन्दा बाहिर रहेका नेपालीहरूको साझा चौतारीको नाम हो गैरआवासीय नेपाली संघ अर्थात एनआरएनए।संसारका बिभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरूलाई एउटै मालामा गुथ्ने अथवा गोलबन्द गराउने सँस्थाको नाम हो एनआरएनए।एनआरएनएको संस्थापक अध्यक्षको नाम हो डाक्टर उपेन्द्र महतो। उहाँ रुशको मस्कोलाई आधार क्षेत्र बनाएर संसार भरी बिस्तार हुँदै गर्नु भएका एक सफल व्यवशायी हुनुहुन्छ।बिधुत उत्पादन,हाउजिङ,बैंकिङ,सन्चार जस्ता बिबिध क्षेत्रमा उहाँका लगानी रहेका छन्।उहाँ नेपालका पाँच धनाड्य भित्रमा पर्ने सफल उधमी हुनु हुन्छ।उहाँ जति धनाड्य हुनु हुन्छ त्यती नै मनकारी र सरल पनि हुनु हुन्छ।नेपालको देवघाटमा बृद्धाश्रम बनाइ दिनु भएको छ।यस्तै पशुपतिनाथको क्षेत्रको वागमती किनारामा क्रियापुत्री बस्ने घर बनाई दिनु भएको छ। त्यस्तै धेरै बिधालयहरू निर्माण र शिक्षा क्षेत्रमा योगदान पुर्याउनु भएको छ।डाक्टर महतो रिपब्लिकन बेलारूसका लागि नेपालका तर्फबाट अवैतनिक महाबाणिज्य दूतको समेत भूमिका निर्वाह गर्दै हुनु हुन्छ।

डाक्टर उपेन्द्र महतोले सदैब देख्ने एउटा सपना हो सम्बृद्ध नेपालको सपना।उहाँले सगुनका बारेमा बिचार राख्दै भन्नु भयो।कुनै दिन एक जना नेपालीले नेपाल चिनाउने छ।उ एक जनाले थालनी गरेको कामले नै नेपाल सम्बृद्ध हुनेछ।गोविन्द गिरीले शुरू गरेको यस कार्यमा मैले पनि लगानी गरेको छु। यसले मलाई डबल फाईदा पुग्नेछ।लगानीले राम्रो मुनाफा आउँदा व्यक्तिगत फाईदा त भयो नै।तर नेपालकै नाम हुने हुनाले सामुहिक फाइदा पनि भयो।यसरी दुई तर्फबाट फाईदा हुँदैछ।संसार भरीका सबै गैरआवासीय नेपालीहरूले लगानी गरेर र युजर्स बनेर सगुनलाई सहयोग पुर्याउनु पर्छ।

सोसल मिडियमा स्मार्टकार्डको प्रयोग गर्ने नयाँ इनोभेटिभ आइडिया सगुनले ल्याएको छ।यो एकदमै नयाँ र महत्वपूर्ण सोच हो।सगुनले कमाएको पैसाको केही मात्रा सगुन प्रयोग कर्ताले पनि पाउँछन्।सगुनले फाइदा लिँदा बिभिन्न तरिकाले हामीले पनि फाइदा गरी रहेका हुन्छौँ।कुनै दिन गैर आवासीय नेपालीहरूले नयाँ नयाँ इनोभेटिभ काम गर्नेछन् भन्ने लाग्दथ्यो त्यो कार्य सगुनले पूरा गर्दैछ डाक्टर महतोले भन्नु भयो।

सगुनका सह संस्थापक कविन्द्र सिटौलाले सबै सामाजिक सङ्घ संस्था, सामाजिक अभियन्ताहरू,व्यापारीहरू, पत्रकारहरू, नेपाल सरकार, र सबै सगुनका लगानी कर्ताहरूलाई धन्यवाद दिनुभयो । सिटौलाले गैरआवासीय नेपाली संघका सस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतोको प्रेरणादायी अभिव्यक्तीले सबै प्रवासमा छरिएर रहेका नेपालीहरूलाई उर्जा मिलेको छ । सबैलाई एकतामा जुट्न अभिप्रेरित गरेको छ भन्दै आभार प्रकट गर्नु भयो।सगुनले हजारौँ नेपालीहरूलाई स्टार्टप कल्चरको बारेमा जानकारी गराउने र सुसूचित गराउने काम गरेको छ।इनोभेसनको कल्चरको शुरूवात स्टार्टपको कल्चर बुझेपछी मात्र हुन्छ।जब हामी एक दिन स्टार्टपको कल्चर बुझ्नेछौ।त्यसबेला नेपाल इनोभेटिभ कल्चरको देश भनेर चिनिनेछ।सगुन हाम्रो सृजना हो, हाम्रो संस्कृतिको पहिचान र गौरव हो, सिटौलाले भन्नु भयो।

डाक्टर उपेन्द्र महतोको भनाई प्रति आभार प्रकट गर्दै कविन सिटौला

https://www.hamroglobalmedia.com/Kabin-Sitoula-expressing-gratitude-to-Dr.-Upendra-Mahato?fbclid=IwAR1pU4IqPO5ksgHaFHfh8Xqv_dn-dRGIyxcQFf0S8838gtvk2-h2gj5JYYQ

प्रतिक्रिया