इन्टरनेट सेवा प्रदायकद्वारा अनलाइन सञ्चार गृह व्लक

इनेप्लिज २०७८ भदौ १२ गते २०:१३ मा प्रकाशित


विराटनगर,१२ भदौ।इन्टरनेट सेवा प्रदायक निजी संस्थाले समाचार प्रकाशन गरेको बिषयमा विराटनगरबाट सञ्चालित एक अनलाईन समाचार पोर्टलको सेवा अवरुद्ध गरी व्लक गरेको छ।

नेपाल पत्रकार महासङ्घ मोरङका सचिव नेत्र पि अधिकारीद्वारा आज एक प्रेस विज्ञप्ति जारी गर्दै विराटनगरको सञ्चारगृह‘आवर विराटनगर नेट’ले इन्रनेट सेवा प्रदायक क्लासिक टेक नेटको ट्राफिक चोकमा रहेको शाखामा भदौ ११ गते सेवाग्राहीले तालावन्दी गरेको समाचार प्रशारण गरेकोमा उक्त अनलाइनलाई प्रतिवन्ध गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ।

विज्ञप्तिमा समाचारमा चित्त नवुझेमा सञ्चार गृहलाईलाई प्रतिवन्ध लगाउनु नेपालको संविधान विपरित भएको उल्लेख गरिएको छ।

कानूनी उपचारको बाटो हुदां हुदै सञ्चारगृहलाई प्रतिवन्ध लगाउनु प्रेस तथा स्वतन्त्रता अभिव्यक्तिको गम्भिर हनन् भएकोले अविलम्व क्षमा माग्दै प्रतिवन्ध हटाउन महासङ्घले माग गरेको छ।

अविलम्व प्रतिवन्ध नहटाएमा महासङ्घ जस्तो सुकै कदम चाल्न वाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया