विराटनगर,१२ भदौ।कानुन,न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताउनु भएको छ।
विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीहरुसँग कुरा गर्दै उहाँले गठवन्धन सरकारको संस्कृतिलाई ध्यानमा राखी सबैसँग छलफल गरी छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पार्नु भयो।
सरकारका प्रवक्त्ता समेत रहनु भएका मन्त्री कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठन्बन्धक वाहेक अन्य दलहरुसंग सरकारमा सहभागीताका सम्वन्धमा कुरा भैरहेको जानकारी दिनु भयो।
दिगो विकासका लागि सरकारले बाँकी अवधिका लागि ठोस दिशा निर्देश गर्ने उल्लेख गर्दै उहाँले समयको महत्व वुझेर सरकारले जनताले अनुभूति गर्ने विकास कार्य शुरु गर्ने प्रष्ट पार्नु भयो।
मन्त्री कार्कीले राजनीतिक दलसम्वन्धि अध्यादेश आवश्यक्ता र वाध्यताले ल्याएको हो भन्दै आगामी अधिवेशनमा यस सम्वन्धमा छलफल हुनेछ भन्नु भयो।
एक प्रश्नको जवाफमा उहाँले नेपाली काँग्रेसको अधिवेशन तोकिएको समयमा हुने प्रष्ट पार्दे भदौ १८ गते वडास्तरीय अधिवेशन हुने बताउनु भयो।
उहाँले निर्धारित समयमा सभापतिको नामको घोषणा सार्वजनिक गर्ने समेत जानकारी दिनु भयो।
एमसिसि भनेको विकास परियोजना हो यो हाम्रो मुलुकलाई जरुरी भएको भन्नु हुदै उहाँले यस सम्वन्धमा दलहरुवीच छलफल गरि पारित गर्ने प्रष्ट पार्नु भयो।
मन्त्री कार्कीले वर्तमान सरकार गठवन्धन भएको र दिगो एवं स्थिर सरकार सञ्चालनका लागि जे जे बनाउनु पर्छ त्यो बनाउने बताउनु भयो।
मन्त्री कार्की सुनसरीको रामधुनी नगरपालिकाको अन्तर्गत कार्यक्रमका लागि आउनु भएको हो।
प्रतिक्रिया