निवर्तमान मुख्यमन्त्री राई

इनेप्लिज २०७८ भदौ ११ गते २०:४५ मा प्रकाशित


विराटनगर,११ भदौ।प्रदेश नं १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले संविधान र सङ्घीयता कार्यान्वयनमा सञ्चारकर्मीहरुले खेलेको भूमिको प्रशंसा गर्नुभएको छ ।

विराटनगरमा आज उहाँले सञ्चारकर्मीहरुसँगको भेटघाटमा सङ्घीयता लागु भएपछि संस्थापक मुख्यमन्त्रीको पदमा आफू तीन वर्ष छ महिना सात बिताउँदाको क्षण निकै स्मरणीय रहेको चर्चा गर्नुभयो।उहाँले सरकारको नीति तथा कार्यक्रम जनस्तरसम्म पुर्याउन सञ्चारकर्मीहरुले निकै ठूलो सहयोग गरेको स्पष्ट पार्दै आफ्नो कार्यकालमा मुख्यमन्त्री ग्रामीण सडक योजना,पुलपुलेसा,बहुवर्षीय विकास योजना,खानेपानी,सिँचाई र शिक्षा क्षेत्रमा उल्लेखनीय काम गरेको बताउनुभयो । निवर्तमान मुख्यमन्त्री राईले प्रदेशमा विकासका लागि ६० वटा योजना सूचीकृत भइसकेको छ,साझा अधिकार बाहेकका अन्य कानून निर्माण भइसेको जानकारी दिँदै प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग,प्रदेश प्राधिकरण र लगानी बोर्ड गठन गरेर राम्रो काम गरेको छ भन्नुभयो।

उहाँले ‘मैले गल्ति गरेको छैन,शीर ठाडो पारेर बोल्न सक्ने र हिड्न सक्ने अवस्था सिर्जना गरेको’दावी गर्दै बहालमा रहँदा प्रदेशको नामकरण हुन नसकेकोमा अफसोस् जताउनुभयो।उहाँले आफ्नै पार्टी भित्र भएको केही राजनीतिक क्रियाकलाप प्रति धिकादै पार्टीलाई सबलीकरण,बलियो र सुदृढ बनाउन मुख्यमन्त्री पद त्याग गरेको बताउनुभयो।

प्रतिक्रिया