विराटनगर,११ भदौ।प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मोरङको वुढीगंगामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको आज अवलोकन भ्रमण गर्नु भयो।
सो अवसरमा प्रदेश प्रमुख अधिकारीलाई विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले विश्वविद्यालय प्रदेशको सान र मान रहेको बताउँदै यसबाट प्राप्त उपलब्धी र वर्तमान अवस्थाको बारेमा जानकारी गराउनु भयो।
सो अवसरमा प्रदेश प्रमुख अधिकारीलाई विश्वविद्यालयका डिन प्रचण्डमान प्रधान,निमित्त प्रार्चाय सुदिप अधिकारी,प्रशासन प्रमुख मदन कुमार श्रेष्ठ,प्रोग्राम कोडिनेटर नरेन्द्र कुमार डाँगीले भौतिक तथा प्राविधिक ल्यावको अवलोकन गराउँनुका साथै सोको बारेमा जानकारी गराउनु भएको थियो।
मित्र राष्ट्र भारतले मोरङ र सुनसरी क्षेत्रका उद्योगहरुलाई आवश्यक पर्ने प्राविधिक दक्ष जनशक्तिको उत्पादन गर्नका लागि विश्वविद्यालय स्थापना गर्न सहयोग गरेको थियो।विश्वविद्यालय वीस बिघा क्षेत्रफलमा फैलिएको छ।
प्रतिक्रिया