काबुल विमानस्थलमा आत्मघाती बम प्रहारबाट १२ जना अमेरिकी सैनिकको मृत्यु,१५ जना घाइते

इनेप्लिज २०७८ भदौ १० गते २२:०० मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको दुई आत्मघाती बम बिस्फोटनमा परि १२ जना अमेरिकी सैनिकको मृत्यु भएको छ भने १५ जना घाइते भएको अमेरिकी केन्द्रिय नेतृत्वले जानकारी दिएको छ ।

उक्त बम विस्फोटमा परि कम्तीमा ६० जना अफगानी नागरिकको मृत्यु हुनुको साथै १४० जना घाइते भएको जानकारी अफगानी जन स्वास्थ्य मन्त्रालयले जनाएको छ । अमेरिकी केन्द्रिय सेनाध्यक्ष केनेथ फ्र्यांक म्याकेन्जीले बिहिबार उक्त जानकारी दिए ।

घटना पछि अगस्त २६ साँझ ५ बजे अमेरिकी पूर्वीय समयमा उक्त घटनाबारेमा सम्बोधन गरेका छन् ।

म्याकेन्जीका अनुसार पहिले आत्मघाती बम विस्फोट भए पछि बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । उक्त बिस्फोट काबुल विमानस्थलको मूल द्वार नजिक भएको थियो ।

अगस्त ३१ का दिन सम्म सबै सेना देश फर्काउने कार्य तीव्र गतिमा चली रहेको समयमा आत्मघाती बम विस्फोट भएको हो । बाइडेनले सम्बोधन गर्दै आइएसआइएस-के को नेतृत्व तथा उनीहरुका स्थानमा आक्रमण गर्न योजना बनाउन सेनाका सेनाध्यक्षलाई आदेश दिएको बताए ।

बोल्ने क्रममा बाइडेनले “हामी हाम्रो समयमा बल र सुनिश्चिततासंग प्रतिक्रिया दिनेछौं,” बाइडेनले भने ।

उनले भने “यी आईएसआईएस आतंकवादीहरु जित्न सक्दैनन्। हामी अमेरिकीहरुलाई बचाउनेछौं। हामी हाम्रा अफगान सहयोगीहरूलाई बाहिर निकाल्ने छौं। र ,हाम्रो लक्ष्य जारी रहनेछ, “राष्ट्रपतिले भने। “अमेरिका डराउने छैन।”

प्रतिक्रिया