बिष्णु माझी गुमनाम जिबनको रहस्य ! विष्णु माझीको स्वेच्छिक गुप्तवास कि बाध्यता ?

इनेप्लिज २०७८ भदौ १० गते २१:५० मा प्रकाशित

विष्णु माझी र कुलेन्द्र विश्वकर्माले गाएको यो लोकदोहोरी गीत अहिले नेपाली संगीतप्रेमीको जिब्रोमै झुण्डिएको छ।यूट्युवमा सम्भवतः अहिलेसम्मकै सर्वाधिक भ्युज पाएको लोकदोहारी हो यो।

गीतले डेढ करोड भ्युज कटाएपछि केही दिनअघि ‘सेलिब्रेसन’ कार्यक्रम गरिएको थियो।उक्त कार्यक्रममा गीतसँग प्रत्यक्ष/परोक्ष गाँसिएका सबै उपस्थित थिए, सिवाय गायिका विष्णु माझी।

कार्यक्रम आयोजकले विशेष कारणले विष्णु कार्यक्रममा आउन नसकेको स्पष्टीकरण दिए,उनको अनुपस्थिति अपेक्षित नै थियो।झण्डै डेढ दशकदेखि लोक गायनमा सक्रिय यी प्रख्यात गायिका आजसम्म एकपटक पनि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्।

विष्णुलाई आफ्नै श्रीमानले बन्धक बनाएर राखेका छन् भन्ने चर्चा चल्न थालेको लामो समय भयो।यो चर्चा सत्यसँग नजिक छ वा छैन भन्नेचाहिँ आजसम्म रहस्यमै छ ।

प्रतिक्रिया