गोरखाका उत्तम बाबु श्रेष्ठलाई ४६ हजार डलर बराबरको अनुसन्धान वृत्ति

इनेप्लिज २०७८ भदौ १० गते १०:०३ मा प्रकाशित

अमेरिकाबाट पिएचडी र अस्ट्रेलियाबाट डिएससी गरेर अस्ट्रेलियामा सिनियर लेक्चररका रुपमा काम गरिराख्दा नेपालमा नै केही गर्ने अभिप्रायले अस्ट्रेलियाको काम छाडी नेपाल गएका वातावरण विज्ञानका अध्येता एवं अनुसन्धानकर्ता गोरखाका उत्तम बाबु श्रेष्ठले ४६ हजार डलर (करिब ५५ लाख नेपाली रूपैयाँ) बराबरको न्यासनल जिओग्राफिक एक्सप्लोरर अवार्ड पाएका छन्।

कोरोनाले नेपालका संरक्षण क्षेत्रमा पारेको प्रभावको अध्ययन गर्नका लागि अमेरिकाको नेसनल जि‌‌ओग्राफिक सोसाइटीले श्रेष्ठलाई उक्त अनुसन्धान वृत्ति दिएको हो।

अनुसन्धान मुख्य गरी नेपालको संरक्षणमा क्षेत्रमा हुनेछ र कोरोनाले नेपालको पर्यटन,वन्यजन्तु,वनस्पति लगायत जैविक विविधताको क्षेत्रमा र त्यसमा आश्रित समुदायमा पारेको प्रभावबारे अध्ययन गर्नु अनुसन्धानको मुख्य उद्धेस्य हुनेछ।

सेप्टेम्बर १ तारिखबाट शुरु हुने यो अनुसन्धान एक वर्षभित्रमा सम्पन्न गर्नुपर्नेछ।

यो अनुसन्धान वृत्तिका लागि विश्वभरका १२ सयजना अनुसन्धानकर्ताहरुले आवेदन दिएकामध्ये दोस्रो चरणमा ५० जना छनोट भएका थिए।छनोट भएकामध्ये १० जनालाई जनही ४६ हजार डलरको अवार्ड दिइएको हो । यो अनुदान पाउनेमा श्रेष्ठ एक मात्रै नेपाली हुन्।

श्रेष्ठले यसअघि सन् २०१२ मा यार्सागुम्बाको अध्ययनका लागि २० हजार डलर र सन् २०१९ मा ड्रोनको प्रयोग गरेर हिमाली चरन क्षेत्र (खर्क)को अध्ययन/अनुसन्धानका लागि ७३ हजार डलरको गरी दुई पटक न्यासनल जिओग्राफिक एक्सप्लोरर अवार्ड पाइसकेका छन।दोश्रो पटक पाएको अनुसन्धान भने अहिले पनि जारी छ र २०२२ को सेप्टम्बरमा ३० मा सम्पन्न हुनेछ।

श्रेष्ठ ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिजका निर्देशक हुन्।

आजको बिज्ञान र प्रबिधिको युगमा औपचारिकताका लागि मात्रै अस्तित्वमा ल्याइएको बिज्ञान तथा प्रबिधि मन्त्रालयलाई छुट्याइने नाम मात्रैको बजेटका कारण अनुसन्धानले खासै महत्व नपाउने देशका श्रेष्ठलाई यो सफलताको लागि हार्दिक बधाई र उल्लेखनिय सफलताको लागि हार्दिक शुभकामना!!!

-रामकुमार श्रेष्ठ को फेसबुक पेज लिईएको

प्रतिक्रिया