खल्ती को १०% क्यासब्याक अफरमा टिकटक भिडियो बनाई रू. ५००० जित्ने मौका

इनेप्लिज २०७८ भदौ ८ गते २२:३९ मा प्रकाशित


खल्ती डिजिटल वालेट ले खल्तीको १०% क्यासब्याक अफरमा सिर्जनात्मक टिकटक भिडियो बनाई रू.५००० जित्ने सकिने टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ।खल्तीले टिकटक भिडियो बनाउनेहरूका लागि लक्षित गर्दै उक्त प्रतियोगिता सार्वजनिक गरेको हो।

यस प्रतियोगिताको उत्कृष्ट ३ कलात्मक भिडियोहरुले रू.५००० नगद जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन्।

यस च्यालेन्जमा प्रतिस्पर्धीले आफ्नो नम्बर रिचार्ज गर्दा पाएको १०% क्यासब्याकलाई रमाइलो ढंग मा भिडियो मार्फत् देखाउन सक्नेछन्।खल्ती आफैले आफ्नो टिकटकमा एउटा उदाहरण राखेको छ जसमा पसलबाट रिचार्ज कार्ड खरिद गरी घर फर्कदा रिचार्ज कार्ड हराएको र उक्त अवस्थामा खल्ती बाट रिचार्ज गरी १०% क्यासब्याक पाएको सन्देश भिडियो मार्फत दिएको छ।

१७ अगस्ट देखि ३० सम्म सञ्चालन हुने यस प्रतिस्पर्धामा सहभागी हुनका लागि सहभागीले भिडियो बनाउनुको साथै खल्तीको आधिकारिक टिकटक र इन्स्टाग्राम फलो पनि गर्नुपर्नेछ।साथै सहभागीहरुले भिडियो सँगसँगै यी ह्यासट्यागहरु #Khalti10percentCashback and #KhaltiCashbackChallenge पनि क्याप्सनमा समावेश गर्नु पर्नेछ।

उक्त टिकटक प्रतियोगिता सम्बन्धमा सोसियल मिडिया तथा कन्टेन्ट मार्केटिंगका वरिष्ठ अधिकारी रोनिका श्रेष्ठले भन्नुभयो,

“हामीले ग्राहकहरुको रिचार्ज कार्ड खरिद र स्क्र्याच गर्न पर्ने झन्झटलाई सहज गरी डिजिटल रिचार्ज प्रोत्साहन गर्न र यसबारे सबैमा जानकारी दिने उद्देश्यले नेपालकै सबै भन्दा धेरै १०% क्यासब्याक अफरमा टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेका हौँ। हामीलाई विश्वास छ,ग्राहकहरुलाइ डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्न यो कार्यक्रमले थप योगदान पुर्याउनेछ”

१०% क्यासब्याक अफर

खल्तीले एनसेल, नमस्ते र स्मार्टसेलको टपअपमा नेपालकै सबै भन्दा बढी १० % क्यासब्याक अफर संचालन गरिरहेको छ।यो अफर अन्तर्गत,क्यासब्याक पाउन केवाईसि भेरिफाइड रहेको खल्ती आई.डी.कै नम्बरबाट सोही नम्बरमा रिचार्ज गर्नुपर्ने हुन्छ।यो योजना सिमित समयावधि को मात्र लागि रहेको छ।रिचार्ज गर्दा सम्पूर्ण क्यासब्याक नदेखिए पनि शर्तहरु पुरा भएको खण्डमा भए ट्रान्ज्याक्सन हिस्ट्री मा पुरै क्यासब्याक पाएको देख्न सकिनेछ।

खल्ती डिजिटल वालेट
१९ लाख भन्दा बढी प्रयोगकर्ताहरु भएको खल्तीले विगत चार वर्ष भन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउदै आइरहेको छ।’खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढि बैंकहरुमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज,बिजुली,पानी,इन्टरनेट तथा टिभीको बिल भुक्तानी,फिल्म,प्लेन,फोहोर व्यवस्थापन शुल्क,ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने,सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ।

थप जानकारीको लागि +९७७–९८०१३०११६१ मा पुर्ण कुमार राना लाई सम्पर्क वा [email protected] मा ईमेल गरि बुझ्न सकिन्छ।

 

 

प्रतिक्रिया