गाईजात्रे कविता महत्सव १

इनेप्लिज २०७८ भदौ ७ गते २१:५७ मा प्रकाशित

हाम्रो जीवनको रंगहरु दोहोरिन्छ,
निद्राको आफ्नै संसार हुन्छ,
निद्राको माग जटिल हुन्छ
समय आएपछि निद्राले
कसैलाई पनि फर्खिदैनन
चाहे राजा होस या रंग
निद्राको मागलाई स्वीकारनै पर्छ
यदि मात्रै फरक छ,चीरनिद्रा हो की
अस्थायी निद्रा ?

पेटको आप्नै मागहरु छन
हरेका खाद्यापर्दाथको स्वाद पनि
फरक फरकका छन
मकै भटमासको स्वाद,
आईसक्रिमले दिदैनन्
ढिंडो र गुन्द्रुकको स्वाद
पिचा र बर्गरले दिंदैनन्
यदि मात्रै फरक छ
ढिंडो गुन्द्रुक खानेले
तिस केजिको भारी बोगेर हिंड्छन
पिचा र बर्गर खानेले
आफ्नो पाँचसय पौण्डको
शरीरलाई गाडिमा राखेर बोकाउँछन

अन्तशुल्क तिर्ने झन झन दुव्लिएर स्याँकुटे
अन्तशु उठाउँनेहरु मोटाएर हात्ति झै देखिने
रामनाथको हरुवा बजिरआलाम
बैटडिको खर्सुको भारी बोक्ने पनि
बजिरआलाम के देख्नु पर्ने हामीले
यीनिहरुलाई गर्न पर्ने हामीले सलाम १

बिज्ञहरु भन्छन,र पढाउँछन
खाद्यापर्दाथ एउटै हुन रे
तर महिलाले खाए स्त्रीपुलिङ बन्छरे
पुरुषले खाए पुलिङ बन्छ रे
तर हामी बन्नमा अलि फरक छन रे
हाम्रा बाबु आमाका मायाँका चिन्न हामीहरु
त्यसो भए काँहाबाट आए यी नौ थरिका
र्औतारीहरु ? हाम्रा गाँउबिच्छे औतारी नै औतारी
एउटा छाम्गुलामा औतारी
अर्को हानगुलामा औतारी
कस्तो बिडाम्बना ?
गौताम बुद्धको औतारी निस्के छैन
तर तन्त्रमन्त्र गरेर हिड्ने
मरेको मान्छेको नलिखुट्टाको हाडको
मोराली बजाएर हिँडने कसरी औतारी ?
हिजोसम्म ओडारको बास
आज सिंहसानको राछ कसरी औतारी
औतारी भनेको त्यस्तो हो
हरुवा बजिरआलाम
खालीखुुट्टलाई अहिले गर्न पर्यो सबैले सलाम
त्यो पो औतारी होइन र ?

-डिग्री नभएका डिग बहादुर

 

 

 

प्रतिक्रिया