गजल

̶ मित्र उराठी गौतम अमरपुर- गुल्मी हालः बुटवल २०७८ भदौ ७ गते २१:५१ मा प्रकाशित

तराइ बन्द,पहाड बन्द,सबैतिर बन्द।
कोहि चाहने अखण्ड त कोहि खण्ड खण्ड।।
अनेकतामा एकताको गर्व गथ्र्यौं हामी।
फैलियो किन हामी भित्रै पराइको गन्ध ??
तराइमा शितल दिन्थ्यो हिमालको हावा।
त्यही हावा विषाक्त भो’ आज मन्द मन्द।।
तराइ,पहाड,हिमाल मिश्रीत साझा फूलवारी।
भताभुङ्ग पार्यौं भने कस्तो चल्ला धन्दा ??
वुद्धभुमी,सगरमाथा शिरमा लिइ बस्ने,
संसारमा को छ ठूलो यो नेपाली भन्दा ??

– ̶ मित्र उराठी गौतम
अमरपुर- गुल्मी हालः बुटवल

 

प्रतिक्रिया