तेस्रो धारमा रहेका एमाले नेता ओलीसँग बार्ता गर्न बालकोट पुगे

इनेप्लिज २०७८ भदौ ७ गते ११:२२ मा प्रकाशित

काठमाडौं। नेकपा एमाले तेस्रो धारमा देखा परेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन् ।

माधव कुमार नेपालसँग निकट रहेर अध्यक्ष ओली विरुद्ध विद्रोहमा उत्रेका उपाध्यक्ष भीम रावल,उपमहासचिव घनश्याम भुसाल,सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत नेताहरू बालकोट पुगेका हुन्।

माधव कुमार नेपालले एकिकृत समाजवादी पार्टी दल दर्ता गर्दा बाहिर रहेर पार्टी एकताका लागि विगतमा भएका १० बुँदे सहमति कार्यान्वयनका लागि अघि बढेका हुन्।यस अघि उनीहरुले केपी शर्मा ओलीले १० बुँदे सहमतिपत्र कार्यान्वयन गर्नु पर्ने,माधव नेपालले अघि बढाएको दल दर्ता प्रक्रिया रोक्न पर्ने र कार्बाही गरेका १४ जना सांसदहरुको कार्बाही फिर्ता लिनु पर्ने माग सहित असन्तुष्ट पक्षले निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया