राष्ट्रिय संगीतकर्मी संघ नेपाल दैलेखमा नयाँ कार्यसमिति गठन

इनेप्लिज २०७८ भदौ ७ गते ११:१९ मा प्रकाशित

ब्युटी न्युज नेपाल,काठमाडौं ६- भदौ दैलेखका कलकारहरु गोलबद्ध भएर राष्ट्रिय संगीतकर्मी संघ नेपाल दैलेख जिल्लामा नयाँ कार्यसमिति गठन गरेका छन्। दैलेखबाट काठमाडौं आई गीत संगीत क्षेत्रमा क्रियाशिल रहेका कलाकारहरुको काठमाडौंमा सम्पन्न एक भेलाले गायिका भावना आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

११ सदस्यीय नयाँ जिल्ला कार्यसमितिको उपाध्यक्षमा टेकराज भण्डारी र जीबन कँडेल,सचिबमा टिकाराम बीक,कोषाध्यक्षमा सन्तोष आचार्य चयन भएका छन्।
यस्तै संघको सल्लाहकारमा गणेश हमाल र कार्यसमिति सदस्यमा सृजना भण्डारी,लक्ष्मी शाही,मञ्जु थापा,कृष्णकुमार शाही,आकाश रावल चयन भएका छन्।१८ सदस्यीय जिल्ला कार्यसमितिको बाँकी पदाधिकारी तथा कार्यसमिति सदस्यमा दैलेखमा रहेका कलाकारलाई चयन गरिने पनि अध्यक्ष भावनाले बताईन् ।

राष्ट्रिय संगीतकर्मी संघ नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार कार्कीले संगीतकर्मी संघ नेपालको बारे जानकारी गराउँदै संघको अबस्था र उदेश्यबारे कार्यक्रममा प्रकाश पारे।

यस्तै राष्ट्रिय संगीतकर्मी संघ नेपाल दैलेख जिल्लाकी नव अध्यक्ष भावना आचार्यले गीत संगीत तथा कलामा आफुहरु पूर्ण समर्पित रहेर कलाकारको हक हितमा सक्रिय रहने बताईन्।

 

 

 

 

 

 

प्रतिक्रिया