झुन्डिएको जनै:लघुकथा

मित्र `उराठी´ गाैतम अमरपुर- गुल्मी हाल बुटवल २०७८ भदौ ५ गते १८:१६ मा प्रकाशित

विदा भएकोले जनै पूर्णिमा लागि श्रवण घरमा आएको थियोे।पूर्णिमाकाे दिन बिहानै श्रवणका बुवा भाेजराज जनै,डाेराे पुज्न मन्दिर गए।

बुवा मन्दिरबाट आइपुग्दा सम्म श्रवण पनि स्नानादी क्रिया सम्पन्न गरि तयार भै सकेको थियोे।श्रवणले पनि पुजेकाे नयाँ जनै फेर्याे।भाेजराजले परिवारका सबै सदस्यहरुलाई डाेराे बाँधिदिए।आमाले पकाएको क्वाँटी सँगै सबैको भात भान्सा भयो।घरमा रमाइलो भयो,खुसीयाली छायाे।

भाेली बिहानै श्रवलले नुहाइधुवाइ गरि आमाले बनाएको चिया,खाजा खायो ।भाेजराज पनि प्रात भ्रमण सकि घर आइपुगे।श्रवणलाई आमा,बुवाले आशिर्वाद दिएर विदा गरे।आमा,बुवालाई ढाेगेर विदा भै श्रवण सहर लाग्यो।

श्रवणलाई विदा गरिसके पछि भाेजराज स्नानार्थ वाथरुम छिरे।कपडा खाेलेर किलामा झुण्डाउन के आँटेका थिए,किलामा जनै झुन्डिएको देखे।

त्यो त्यही जनै थियोे जुन हिँजाे श्रवणले लगाएको थियोे।

-मित्र `उराठी´ गाैतम अमरपुर- गुल्मी हाल बुटवल

प्रतिक्रिया