प्रदेश नं १ मा ४७९ जनामा कोरोना सङ्क्रमण

इनेप्लिज २०७८ भदौ ५ गते १५:४३ मा प्रकाशित

विराटनगर,५ भदौ।पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ४७९ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ।सो अवधिमा ७३९ जनाको पिसिआर परीक्षण गर्दा २०० र एक हजार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २७९ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ७३ मध्ये विराटनगरमा ३२,सुनसरीमा ६६,झापामा ४७,धनकुटामा सात,इलाममा चार, उदयपुरमा दुई,भोजपुरमा एक जनामा सङ्क्रमण देखिएको छ।

सोही अवधिमा प्रदेशमा आजै ७३६ जना कोरोना सङ्क्रमण मुक्त्त भएका छन्। सङ्क्रमण मुक्त्त हुनेमा ३४३ महिला र ३९३ पुरुष रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन महिला सहित १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया