थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक

इनेप्लिज २०७८ भदौ ४ गते १०:०९ मा प्रकाशित

थारु भाषाको गीत ‘पागल दिवाना सजना’ सार्वजनिक भएको छ। सेबिल ईन्टरटेन्मेटले सार्वजनिक गरेको म्युजिक भिडियोमा बिबेक चौधरी र निकिता थारुको स्वर र श्रवन कुमार चौधरीको शब्द संगीत सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने सन्दिप सरदारले गरेका हुन्।

रोमान्टिक शैलीको म्युजिक भिडियोमा रजनीश चौधरी र प्रीटी चौधरी देखिएका छन्।रजनीश चौधरीकै कोरियोग्राफी र निर्दशन गीतमा कथा लोकेन्द्र चौधरीले तयार पारेका हुन्।गीतको म्युजिक भिडियोमा श्रवन कुमार चौधरीको छायांकन र सम्पादन देख्न सकिन्छ।थारु भाषाका गीतहरु बजारमा ल्याइरहेको सेबिल ईन्टरटेन्मेटले पहिलो पटक नेपाली भाषाको मनको मायालाई बोलको गीत केहि साता पछि रिलिज गर्दैछ।

प्रतिक्रिया