अफ्रीकाको रुवाण्डामा गैरआवाशिय नेपाली सङ्घको नयाँ राष्ट्रिय शाखा खुलेको छ । एनआरएनए अफ्रिकाका संयोजक रोशन थापाका अनुसार रमेश प्रसाद शर्माको अध्यक्षतामा गठन भएको राष्ट्रिय समन्वय समितिका उपाध्यक्षमा मोहन श्रेष्ठ , महासचिवमा आशिष थापा , कोषाध्यक्षमा शाश्वत कार्की , महिला संयोजक तिर्सना कोइराला र युवा संयोजकमा टीका राना रहनु भएको छ ।
त्यसैगरी सदस्यहरूमा बिकाश श्रेष्ठ , होमबहादुर खङ्गहा , सुष्मिता शर्मा , सुमित्रा पहाडी , बिरेन्द्र कुमार मण्डल , रामचन्द्र कापर , बेदप्रसाद पाण्डे , प्रकाश दाहाल , भिमबहादुर मगर र शुशान्त मलिक रहेको निर्वाचन संयोजक उमेश आचार्यले जानकारी गराउनु भएको छ ।
अफ्रिका संयोजक रोशन थापाका अनुसार रुवाण्डालाई नयाँ राष्ट्रिय समन्वय समितिको रुपमा मान्यता दिन सिफारिश गरि सकिएको छ । सन १९९० को दशकमा गृहयुद्धमा परि दस लाख भन्दा बढीको हत्या भएको रुवान्डा भने अहिले अफ्रिकाको सबै भन्दा द्रुत गतिले आर्थिक विकाश भइरहेको देश हो ।
प्रतिक्रिया