नक्कली चिकित्सक कोशी अस्पतालबाट पक्राउ

इनेप्लिज २०७८ भदौ १ गते २१:५७ मा प्रकाशित

विराटनगर,१ भदौ।अस्पलतामा नक्कली चिकित्सक बनि महिला विरामीलाई द्रुब्यबहार गरेको आरोपमा प्रहरीले एक जनालाई पकाउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मदिरा सेवन गरेर सोमबार राती १२ बजे विराटनगरस्थित कोशी अस्पतालको गाइनो वार्डमा विरामी परीक्षण गर्ने विराटनगर –६ सरौचियाका ३८ वर्षिय अमृत बानियालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका बानियालाई ‘अभर्द व्यवहारको मुद्दा’ मा म्याद थप गरेर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनु भयो।अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा चुमनलाल दासले आवश्यक कारवाहीका लागि पत्र पठाएको जानकारी दिनु भयो।

आरोपित वानियाले मध्य राती अस्पतालमा आएर नक्कली डाक्टरको भेषमा अभर्द व्यवहार गरेपछि अस्पतालको छिमेकी प्रहरीले पक्राउ गरेको थियो। आरोपित वानियाले गाइनो वार्डको वेस्टिङ्ग रूपमा पुगेर विरामीको सम्बेदनसिल अङ्गमा पनि छोएको आरोप छ।

 

प्रतिक्रिया