पवनदीप बने इण्डियन आइडल सिजन १२ को विजेता

इनेप्लिज २०७८ भदौ १ गते १०:२५ मा प्रकाशित

एजेन्सी।उत्तराखण्डका पवनदीप राजन इण्डियन आइडल सिजन १२ को विजेता बनेका छन्।गायनमा अलराउण्डर पवनदीपले अन्य ५ प्रतिस्पर्धीलाई उछिन्दै इण्डियन आइडलको टाइटल जितेका हुन्।

पवनदीपले सन् २०१५ मा टिभी शो द वाइस पनि जितेका थिए।पवनदीपले एकातिर इण्डियन आइडलमा आफ्नो गायनले सबैलाई प्रभावित पारे भने अर्कोतिर पश्चिम बंगालबाट प्रतिनिधित्व गर्ने प्रतिस्पर्धी अरुणिता कांजीवालसँगको अफेयरलाई लिएर चर्चामा रहे।

सिजनको १२ को विजेता पवनदीपले ट्रफीसहित,२५ लाख पुरस्कार र मारुती सुजुकीको ब्राण्ड न्यु कार प्राप्त गरे।

सारेगामापा बांगला रियालिटी शोकी विजेता पश्चिम बंगालकी अरुणिता फस्ट रनरअप बनिन्।मुम्बईकी सायली कांबले सेकेण्ड रनरअप बनिन् ।

उत्तर प्रदेशको मुजफ्फरनरगका मोहम्मद दानिश चौथो स्थानमा, कर्नाटककी निहाल तौरो पाँचौ स्थानमा र विशाखापट्टनमकी शनमुखा प्रियाले छैठौं स्थान हासिल गरिन्।

ग्राण्ड फिनाले समारोहमा शोका जज सोनू कक्कड,अनु मलिक र हिमेश रेशमिया सहित आमन्त्रित अतिथि उदितनारायण,अल्का याङ्निक,कुमार सानू लगायतले आफ्नो प्रस्तुति दिएका थिए।

प्रतिक्रिया