प्रदेश नं १ प्रदेश सभाको अठौं तथा चालु बजेट अधिवेशन अन्त्य

इनेप्लिज २०७८ साउन ३२ गते २२:३७ मा प्रकाशित

विराटनगर,३२ साउन।प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी‘ प्यासी’ले प्रदेश सभाको आठौं तथा चालु बजेट अधिवेशन साउन ३२ गते सोमबार राति १२ बजेदेखि अन्त्य गर्नु भएको छ।

उहाँले मन्त्रिपरिषको सिफारिस अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा(२) अनुसार अधिवेशन अन्त्य गर्नु भएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गर्नु गरिएको छ।

प्रदेश सभाको आठौँ तथा बजेट अधिवेशन गएको जेठ २४ गतेबाट शुरु भएको थियो।

प्रतिक्रिया