‘व्याण्ड भर्सेस ब्राण्ड’ प्रदेशको गौरवको योजना:मन्त्री राई

इनेप्लिज २०७८ साउन ३२ गते २२:२१ मा प्रकाशित

विराटनगर ३२ साउन।प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले ‘व्याण्ड भर्सेस ब्राण्ड’ प्रदेशको समृद्धि ल्याउने सरकारको गौरवको योजना भएको बताउनु भएको छ।

उहाँले मन्त्रालयद्वारा नेपाली घरेलु मदिरा ब्रान्डीङ तथा बजारीकरणका लागि गठन गरेको ‘व्याण्ड भर्सेस ब्राण्ड’ अवधारणा सम्भाव्यता अध्ययन कार्यदलले तयार गरेको प्रतिवेदन आज आयोजित हस्तान्तरण कार्यक्रममा सो विचार व्यक्क्त गर्नु भएको छ।

मन्त्री राईले प्रदेशमा रहेको श्रोत साधनलाई परिचालन गरेर आम्दानी गर्न सकिने देखेरै यो अबधारणा ल्याईएको बताउनु हुदै कानुनी अड्चनहरुलाई हटाउँदै अवधारणालाई कार्यन्वयन गर्नुपर्नेमा जोड दिनुृ भयो।

उहाँले कोदो उत्पादन हुने स्थानको छनौट गरेर लगाउन कार्य शुरु गर्नुपर्ने आवश्यक्ता औंल्याउनु हुदै गाउँपाखामा बनमारा मासेर कोदो लगाईने बताउनुभयो।नेपालको स्थानीय उत्पादनलाई छिमेकी देशहरु भारत र चीनमा लगेर बजारीकरण गर्नुपर्नेमा उहाँले जोड दिनुहुँदै विदेशीहरु नेपाली उत्पादन खोजेर बसेका छन् तर हामी दिन सकिरहेका छैनौं भन्नु भयो।

मन्त्री राईले गुणस्तरिय उत्पादनका लागि वैज्ञानिक,प्राविधिक,औद्योगिक क्षेत्र,कानुन विज्ञ लगायतको टिम निर्माण गरिने जानकारी दिनुभयो।

कार्यदलका संयोजक तथा प्रदेश योजना आयोगका सदस्य डा. पूर्ण लोक्सोमले यो बृहत अवधारणा भएको र १० जिल्लाका २२९ घरेलु मदिरा उत्पादकहरु, जनप्रतिनिधिलगायतसँग जानकारी संकलन गरेर प्रतिवेदन तयार गरिएको जानकारी दिनु भयो।

 

प्रतिक्रिया