तालिबानले अफगानिस्तान घेराउ गरे पछि राष्ट्रपति अशरफ घानीले देश छोडेको समाचार सिएनएनले जनाएको छ । अफगानिस्तानका वरिष्ठ अधिकारी तथा वरिष्ठ कुटनैतिक श्रोतले सिएनएनलाई बताएका छन ।
अफगानिस्तानको राष्ट्रिय मेलमिलापको उच्च परिषद्का अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले एक श्रब्य दृश्य (भिडियो )वक्तब्यमा राष्ट्रपति घानी उनीलाई “पूर्व राष्ट्रपति” भन्दै देश छोडेको बताएका छन्।
यस अगाडी तालिबानका प्रतिनिधि तथा सरकारी अधिकारी बीच राष्ट्रपति भवनमा कुराकानी चलेको सिएनएनले बताएको थियो । घानी पूर्व अर्थशास्त्री तथा प्राज्ञ हुन् । उनि अफगानिस्तानको राष्ट्रपति पदमा २०१४ देखि रहेका थिए । गत सेप्टेम्बर २०१९ मा उनि पुन निर्वाचित भएका थिए ।
उनले अमेरिकन नागरिक लिएका थिए भने सन् २००९ मा राष्ट्रपतिको उम्मेदवार भए पछि उनले अमेरिकी राहदानी त्याग गरेका थिए । उनले अमेरिकाको क्यालिफोर्निया र जोन हप्किन्स बिश्व बिद्यालयमा १९८३-१९९१ सम्म मानव शास्त्र अध्यापन गराएका थिए ।
प्रतिक्रिया