नेताहरूको कारण मुलुक अकल्पनीय दुर्घटना र द्वन्दमा पर्ने निश्चित छ

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा। २०७८ साउन ३० गते ११:२७ मा प्रकाशित

नेताहरूको कारण मुलुक अकल्पनीय दुर्घटना र द्वन्दमा पर्ने निश्चित छ।मुलुकमा नेताहरूको आ आफ्नो स्वार्थ छ।स्वार्थ र आकांक्षा पुर्ति गर्न नेताहरू जे पनि गर्न तयार देखिन्छन।प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नेताहरू आ आफ्नो स्वार्थ र आकांक्षा पुर्ण गर्न लागी परेका छन।हिजो सम्म सडक छाप नेताहरुको आज अर्बौंको सम्पत्ति कहाँ बाट आयो।नेताहरूको काठमाडौं लगायतका ठाउँहरुमा आलिशान महल कहाँ बाट खडा भयो।

हाम्रो मुलुकमा वास्तविक जनताहरु नै छैनन।प्रायःजसो जनताहरु राजनीतिक दलका नेताहरूको कार्यकर्ता र कठपुतलीहरु छन।मुलुक एक्कासी कुन दिन दुर्घटनामा पर्ने हो भन्न सकिने अवस्था छैन।नेताहरूको कारण मुलुक अकल्पनीय दुर्घटना र द्वन्दमा पर्ने निश्चित छ।

हाम्रो मुलुकका नेताहरू बिदेश भ्रमण गएको बखतमा अमेरिकाको राष्ट्रपति,नेताहरू,चाइनाको राष्ट्रपति,नेताहरू जापानको प्रधानमन्त्री, नेताहरू,भारतको राष्ट्रपति,प्रधानमन्त्री,नेताहरू र अष्ट्रेलियाको प्रधानमन्त्री,नेताहरू र क्यानाडाका प्रधानमन्त्री,नेताहरूले गरेका राम्रो कार्यहरू जस्तै उदाहरणीय र मुलुकलाई विकास गर्ने काम गर्दैनन किन ? हाम्रो मुलुकका नेताहरूले बिदेशका नेताहरूले गरेका कार्यहरूको राम्रो शिक्षा लिंदैनन किन ? क्यानडाका प्रधानमन्त्री को जिवनशैली परिवारसङ्ग सडकमा बिना सुरक्षा गार्ड हिंडछन।खै हाम्रो मुलुकमा जस्तो राष्ट्रपति,प्रधानमन्त्री र मन्त्रीहरुको सुरक्षागार्ड देखिन्न त ? मुलुकमा बहुदल घोषणा भए पश्चात प्रजातन्त्र,लोकतन्त्र, गणतन्त्र र संघीयताको नाममा लुटने र राज्यकोष ढुकुटी दोहन अर्थात राज्यकोष ढुकुटी दुरुपयोग गर्ने काम मात्र भएको छ।

नेपाली जनताहरुले अफगानिस्तानको जर्जर अवस्था किन र कसरी भयो भन्ने कुरा थाहा पाएका छैनन र ? लेबनान,सिक्किम,फिजी, सोमालिया,सिरिया,सुडान, हाइटी र रुवाणडा मुलुकहरू के कति कारणले द्वन्द्वग्रस्त र द्वन्द्वमा पर्न गएको हो नेपाली जनताहरुलाई थाहा छैन र ? के नेपाली जनताहरुले देश बिदेशका समाचार सुन्दैनन र पढदैनन जस्तो छ।यसकारण नेपाली जनताहरुलाई अफगानिस्तान, लेबनान,सिक्किम,फिजी,सोमालिया,सिरिया,सुडान,हाइटी र रुवाणडा मुलुकको अवस्था बारे थाहा नहुन सक्छ।तर नेपाली जनताहरु जानी जानी अबुझ बनेका छन।मुलुक दुर्घटना र द्वन्दमा पर्ने छ भन्ने व्यक्ति,सहि विचार,सहि सुझाव र सल्लाह दिनेहरूको खिल्ली र मजाक उडाउन मात्र नेपालीहरुले जानेका छन।नेपालीहरुले खै मुलुकलाई के भएको छ भनी प्रश्न समेत गर्ने गर्छन।मुलुकमा दोषी र जिम्मेवार नै जनताहरु छन।

स्वतन्त्र नेपाली नागरिक:राकेश कुमार शर्मा।

 

प्रतिक्रिया