गायक रविको भ्वाइसपछिको पहिलो गीत ‘यो मनमा’ चर्चामा,प्रविन र प्रियंकाको अभियको तारिफ (भिडियो सहित)

इनेप्लिज २०७८ साउन २८ गते १०:२२ मा प्रकाशित


द भ्वाइस अफ नेपाल सिजन ३ बाट चर्चामा आएका गायक रवि गहतराजको भ्वाइसपछिको पहिलो गीतले राम्रो प्रतिकृया पाएको छ।रविले गाएको पहिलो गीत ‘यो मनमा’बोलको गीतलाई रिलिज भएको छोटो समयमै ४ लाख बढी दर्शकले युट्युवमा हेरिसकेका छन्।यस गीतमा गायक,संगीतकार तथा मोडल प्रविन राई जिङ्को शब्द तथा संगीत रहेको छ।गायक तथा एरेञ्जर मनोज थापा मगरको एरेञ्ज तथा मिक्सिङ मास्टर रहेको छ।

वासबी इन्टरटेन्मेन्ट युट्युव च्यानलमा रहेको यस गीतको म्युजिक भिडियोलाई प्रविनले नै निर्देशन गरेका छन्।स्टोरी बेसमा बनेको यस म्युजिक भिडियोलाई पनि दर्शकले मनपराएका छन्।यो मनमा गीतको म्युजिक भिडियोमा प्रविन राई र प्रियंका चौधरीको अभिनय देख्न सकिन्छ।प्रविन र प्रियंकाको कामसंगै जोडीपनि जमेको छ।प्रविन र प्रियंकासंगै गम बि गुरुङ,बिकाश गुरुङ र बिक्रम तामाङकोपनि अभिनय रहेको छ।यस म्युजिक भिडियोमा अनिल कट्वालको सिनेमाटोग्राफि,सम्पादन तथा कलर रहेको छ।

प्रतिक्रिया