प्रविण कार्कीले प्राप्त गर्नु भएको ‘सिक्स’ डानको उपाधि

इनेप्लिज २०७८ साउन २६ गते २२:०४ मा प्रकाशित

विराटनगर,२६ साउन।तेक्वाण्डो खेलको प्रबर्धन र विकासमा लामो समयदेखि कार्य गरिरहनु भएका विराटनगर तेक्वाण्डोका प्रशिक्षक प्रविण कार्कीले ‘सिक्स’ डानको उपाधि प्राप्त गर्नु भएको छ।

आइटीएफ तेक्वाण्डोमा ‘सिक्स’ डानको उपाधि पाउने कार्की प्रदेश नं १ का पहिलो हुनुहुन्छ।नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका अध्यक्ष तथा नेपाल इन्टरनेशन तेक्वाण्डो महासङ्घका केन्द्रीय उपाध्यक्ष समेत रहेका कार्कीले काठमाण्डौमा केही दिन अगाडी सम्पन्न भएको सिक्स डान आइटिएफ तेक्वाण्डो खेलको अन्तर्राष्ट्रिय परीक्षामा उत्तीर्ण भएपछि ‘सिक्स’ डानको उपाधि प्राप्त गनुृ भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भयो।उहाँसँगै अन्य प्रदेशका चार जना प्रशिक्षकहरूले ‘सिक्स’ डानको उपाधि प्राप्त गर्नु भएको छ।

नेपाल इन्टरनेशन तेक्वाण्डो महासङ्घका अध्यक्ष अन्जन धमाला, उपाध्यक्ष कार्की, महासचिब अन्जु राउत र सदस्यहरू उमेश राजथला र फतेमा बिबीले सिक्स डानको उपाधि पाउनु भएको हो।

काठमाण्डौंमा सिक्स डान आइटिएफ तेक्वाण्डो खेलको अन्तर्राष्टिय परीक्षामा उत्तीर्ण गरेपछि अन्तर्राष्ट्रिय तेक्वाण्डो नौ औं डान ग्राण्ड मास्टर भारतीय नगरिक राजेन्द्र बलानले नेपालका पाँच जना प्रशिक्षकहरूलाई सिक्स डानको उपाधि दिनु भएको हो।कार्कीले तेक्वाण्डो खेलको विकास गर्दै खेल क्षेत्रमा लागेका खेलाडीहरूलाई व्यवसायिक रूपमा अगाडी बढाउन एवं ग्रामीण क्षेत्रका खेलाडी उत्पादन कार्यमा लागिपर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।

खेलाडी राज्यको गहना गएकाले राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुहुदै तीन तहको सरकारले खेलकुदलाई प्रमुख प्राथामिकतामा राख्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया