देवता र दानवविच बेलाबेला समुन्द्रमा भएका वस्तुहरूको विषयमा वादविवाद र युद्ध हुने गरिरहन्थ्यो।पटकपटक युद्धमा देवताको पराजय भएको कारण देवताहरू दिक्क थिए।युद्धको भय टार्न एक दिन देवराज इन्द्रले राक्षसलाई बोलाए र बठ्याइ पुर्वक सम्झौता गरे।सम्झौता समुन्द्र मन्थन र त्यसबाट प्राप्त गर्ने अमृतको दुवै तर्फ बराबर भाग लगाउने प्रस्ताव थियो।
सम्झौता भएको दुई चारदिनमा बित्न नपाउदै राक्षसलाई देवताहरूप्रति शंका लाग्यो।राक्षसहरू जतिसक्दो छिटो शंका निवारण गर्न चाहान्थे।त्यसैविच देवराज इन्द्रले चलाखी गर्दै पन्छीराजलाई बोलाए र भने, ” पन्छीराज तपाई सुदर्शन चक्र सगँसगै लिएर गएर मन्दर पर्वतलाई फेदैबाट काटेर पुष्प विमानमा राम्रोसँग बाँधेर समुन्द्रको किनारमा लिएर आउनुस्।त्यसपछि के गर्ने भन्ने विषय म पछि नै भन्ने छु।आदेश नगरि केही नगर्नु होला !”
देवराजको आदेश पाउने वितिकै सुदर्शन चक्र लिएर पन्छीराज मन्दर पर्वतको फेदमा पुगे।सुदर्शन चक्रले मन्दर पर्वतलाई फेदैबाट काटे।काटिएको मन्दर पर्वतलाई पुष्प विमानमा राखेर बाँधेपछि शुदर्शन चक्र र पन्छीराज समुन्द्रतिर रमाना भए।विमानमा बाँधेर ल्याएको पर्वतलाई समुद्रको किनारमा ल्याए र राखे।
समुन्द्रको किनारमा मन्दर पर्वतको प्रतीक्षा गरेर बसेका राक्षस र देवताले पर्वतलाई समुन्द्रको बिचमा राख्न भने।मन्दर पर्वत,वासुकी नागको बासस्थान थियो। मन्दर पर्वत लिएर आउदा मन्थनका लागि चाहिने डोरीको काम सगैं आएका / ल्याइएका बासुकी नागलाई नेतीको रूपमा प्रयोग गर्ने निधो भयो।
समुन्द्रको विचमा राखेको मन्दर पर्वत र पर्वतमा डोरी झै बेरीएको बासुकी नागको पुच्छरपट्टी देवताले र टाउको पट्टी दैत्यले समाउने निश्चय गरे।देवताको प्रस्ताव राक्षसहरूले मानेनन् र आक्रोशित हुँदै प्रतिकार गरे।देवताको छलकपटले धेरै पटक ठगिएका राक्षसले शंका र आक्रोश गर्दै भने, ” देवराज! हामीले पटकपटक तिमीहरूलाई युद्धमा जितेका छौ।तर तिमीहरूले अनेकौं तिग्डम गरेर हाम्रो जितलाई हामीबाट अलग्याएका छौ।समुन्द्र मन्थन र अमृतको बराबरी बाँडफाँडको विषयको सम्झौताको प्रस्ताव पनि तिम्रै कारण हामीले मानेका हौ।त्यसैले समुन्द्र मन्थनको लागि राखिएको नेती बासुकी नागको पुच्छरपट्टी हामी समाउने छौ। “
पुछ्छर पट्टी समाउन राक्षसहरूले राखेको प्रस्ताव देवताले अनेकौं बहाना बनाएर मञ्जुर गरेनन्।दुबै पक्षमा विवाद भयो।विवाद झनझन बढ्दै गयो।राक्षसले सम्झौता भङ्ग भएको घोषण गरे र युद्धको तयारी गर्दै थिए।नारद टुप्लक आइ पुगे।
परिस्थिति देवताको नियन्त्रण बाहिर हुँदै गएको देखेर नारदले चतुर्याइँ पुर्वक देव र दानव दुबैलाई लक्ष्यित गर्दै जिज्ञासा राखे ।” यहाँ के हुन लागेको ? के भयो ? म केही सहयोग गर्न सक्छु। “
नारदको कुरा सुन्ने वितिकै राक्षसराजले भने,” नारदजी, हामीविच समुन्द्रमा कसको कति अधिकार भन्ने विषयमा लामो समयदेखि विवाद थियो,अझैसम्म सकिएको छैन्।खासगरी त्यो विवाद समुन्द्र मन्थनबाट प्राप्त हुने अमृतको प्रयोग कसले कति र कसरी ? गर्ने भन्ने विषयमा अझै चलिरहेको।समुन्द्रमित्रको अमृतको प्रयोगको विषयलाई लिएर धेरै पटकको युद्धमा हामीले देवतामाथि विजय प्राप्त गर्यो।तर देवताले अनेक तिग्डम गरेर हामीलाई पन्छाउने र छलछाम गर्ने गर्छन्।त्यसैले यो पटक हामी सम्झौता गर्न बाध्य भयौं।त्यही सम्झौता अनुसार हामी समुन्द्र मन्थनको लागि तयार भयौं र यहाँ आएका हौं।तर देवताहरू यो विषयमा अहिले पनि अनेक षड्यन्त्र गर्दैछन्। अब हामी देवताको प्रस्ताव मान्दैनौं।हामी राक्षसहरू एक मताले पुनः युद्ध गर्न तयार भएका हौ।हे नारदजी!अब हामी के गरौं ? तपाईले निष्पक्ष भएर बताइ दिनुस्।”
एकछिन चुप भएका नारदले देवराजतिर फर्केर दैत्यराजको कुरा सहि भएको बताए र दैत्यराजको छेउमा गए।राक्षसको छेउमा पुगेका नारदले राक्षसहरूतिर फर्केर भने,” राक्षसराज देवताले भनेको कुरा सहि छ।त्यसैले त्यसै अनुसार गर्नु सबैको हित हुन्छ। “
नारदको कुरा सुनेर राक्षसराजले रिसायदै नारदतिर फर्केर भने, ” ननारदजी, तपाईले हामीमाथि अन्याय र छल गर्दै हुनुहुन्छ । तपाईंको प्रस्ताव हामी मान्न तयार छैनौ ।”
नारदले राक्षसराजको पुरै कुरा सुनेपछि राक्षसराजको छेउमा गए र भने,” राक्षसराज तपाईले भर्खर भन्नु भएको हैन,राक्षसहरूले देवतालाई युद्धमा पटकपटक विजय गरेका छन् । विजय गरेर पनि देवताले हामीलाई छल गर्छन् !”
नारदको कुरा सुनेर राक्षस राजले भने, ” त्यो त सहि भन्नू भयो।तर हामी किन शिरपट्टी बस्ने ?”
नारदले पुनः राक्षसराजलाई भने,” राक्षसराज शिर भनेको शरीरको सर्वश्रेष्ठ भाग हो।त्यसैले त्यसको उपयोग / प्रयोग पनि सर्वश्रेष्ठले नै गर्छन् । तपाईहरू सर्वश्रेष्ठ हुनुहुन्छ । त्यसैले शिरतिर समाएर समुन्द्र मन्थन सुरू गर्नुस्।” राक्षसराज नारदको तर्कबाट खुसी भए,आफुहरू देवता भन्दा ठूलो हो भन्ने ठाने र बासुकीको शिरपट्टी समाउन तयार भए ।
समुन्द्र मन्थन सुरू भयो । मन्थनको समयमा अनेकौं विचित्रका वस्तु,जिवहरू निस्के।केही समयको मन्थनपछि समुन्द्रबाट विष निस्कियो। मन्थनबाट निस्किएको विष चारैतिर फैलियो।विषका कारण सृष्टिका सबै प्राणीहरू मर्ने निश्चित भयो। बीस नियन्त्रण गर्न कठिन भयो। विष फैलिएर चारैतिर आगो लाग्यो । मन्थन गरिरहेका राक्षस र देवता दुबै डराएर भागाभाग गरे।
समुन्द्र मन्थनबाट डराएर भागेका राक्षसहरू आफ्ना गुरु शुक्राचार्यकोमा गए र सारा वृतान्त बताए।राक्षसको कुरा सुनेर गुरु शुक्रचार्य झोकीए र राक्षस ठगिएको बताए । राक्षससगँ रिसाएका शुक्राचार्यको कुरा सुनेर राक्षसले माफि मागे र अबको मार्ग सोधे, माफी मागेका राक्षसलाई शुक्राचार्यले विस्तारमा बताए , ” समुन्द्रमा विष मात्रै हुदैनन्।समुन्द्रमा नसोचेका अनेकौं महत्त्वपूर्ण चिजहरू हुन्छन्।तिमीहरू यस्तो कुरा बुझ्दैनौ।देवताहरू विद्वान छन् ,तिमीहरू अनपढ मूर्ख ! थोरै पनि प्रतीक्षा तिमीहरूको लागि असम्भव छ।तिमीहरूको यहि समस्याले पटकपटक जितेर पनि तिमीहरूले हारेका छौ।अब विषको भयावहको कुरा तिमीहरूको समस्या होइन।अहिले यो विषको विषय छोडी देउ र आराम गर।समुन्द्र मन्थन पुनः हुन्छ,तिमीहरू तयार भएर बस्नुपर्छ।तिमीहरूलाई अमृतको जति महत्त्व छ त्यति महत्त्व मलाई सन्जिवनी बुट्टीको छ।” शुक्राचार्यको कुरा सुनेर राक्षसराज विदा भए।
समुन्द्रको विषबाट आतिएर नियन्त्रणको उपायको लागि विष्णु समक्ष पुगेका देवताले समुन्द्र मन्थनको सम्पुर्ण कुरा विष्णुलाई बताए।सबै कुरा सुनेका विष्णुले निकैबेर सोचेर समाधानको लागि महादेवकोमा जानुपर्न बताए।समस्याको समाधानका लागि आतुर देवगण विष्णु सहित कैलाश पुगे र समुन्द्र मन्थनको इति वृतान्त महादेवलाई बताए।महादेवले देवतका सबै कुरा सुने।समुन्द्रबाट निस्किएको त्यो बीस कालकुट नामको बीस रहेको पनि बताए।जे जस्तो भएपनि त्यसको नियन्त्रण आफुले गर्ने बताए।महादेवको कुरा सुनेर प्रफुल्ल भएका देवगण समुन्द्रतिर प्रस्थान गरे।
देवराज दैत्यहरूलाई सुचना गर्न गुरु शुक्राचार्यको आश्रममा पुगे।समुन्द्रबाट निस्कदै गरेको विषको महादेवबाट व्यवस्थापन हुने कुरा थाहा पाएर खुसी हुँदै शुक्राचार्यले मन्थनमा दैत्यहरू आउनेछन् भन्ने आश्वासन देवराजलाई दिए।शुक्राचार्यको आश्वासन पाएका देवराज शुक्राचार्यसगँ विदा मागेर समुन्द्रतिर लागे । कालकुट विषको कारण रोकिएको समुन्द्र मन्थनको कार्य पुन : सुरू हुने भयो।
दैत्यराज शुक्राचार्यलाई आफ्ना शिष्यहरूप्रति नै विश्वासमा कमि भएको कारण राक्षसहरूको साथ आफ्ना विश्वासिलो शिष्य सरभानुलाई समुन्द्र मन्थन स्थल पठाए।गुरूको आज्ञा शिरोपर गर्दै सरभानु समुन्द्र मन्थन भएको स्थल नजिक पुगे ।पुन : समुन्द्र मन्थन सुरू भयो।
देवता र दानवविच मन्थन चलिरहेको थियो।मन्थन भइरहेको समुन्द्रामा एकासी वत्तिस लक्षणले युक्त अति नै सुन्दर कन्या समुन्द्रबाट निस्केको देखेर दत्यहरू सुन्दरीतिर लालायित भए।
सुन्दरीको आगमनले समुन्द्र मन्थन रोकीयो । समुन्द्र मन्थन रोकिने वितिकै राक्षसराजले देवराज इन्द्रलाई भने, ” दैत्यराजले सुन्दरीलाई आफुले भोग्न गर्न पाउनुपर्ने प्रस्ताव देवराज इन्द्रसगँ राखे । राक्षसराज सुन्दरीको यौवनसँग मख्ख हुँदै समुन्द्र मन्थनबाट प्राप्त हुने सम्पूर्ण कुरा त्याग गर्न तयार भए। “
देवताहरू पनि महिलाको यौन उपभोगमा कम थिएनन । हरेक विषयमा आफुलाई सर्वश्रेष्ठ मान्ने देवताले राक्षसलाई निमेष भर गन्दैनथे । राक्षसको कुरा सुनेर देवराज इन्द्रले राक्षसराजलाई भने,” राक्षसराज यी सुन्दरी देवलोकबाट आएकी हुन र देवतासगै बस्छिन्।सुन्दरीप्रति नलोभिनु “देवराज इन्द्रले बोलेको खण्डन गर्दै राक्षसराजले भने , सम्झौता अनुसार काम गरौं, सम्झौतामा पाएका सबै चिज आधा आधा बाड्ने सहमति छ।त्यसैले यी कन्यालाई काटेर आधाआधा लियौं ! नत्र युद्ध गरौं । ” दानवले सुन्दरीलाई आधाआधा गरौं भनेको सुनेर सुन्दरी डराइन।
देवता र दानव दुवै पक्षले सुन्दरीलाई मानिसको रूपमा हेरेनन् । मानिस भएकोले काटेर बाँडन मिल्दैन पनि भनेनन् ।
देवता र दानवको कुराबाट दिक्क र असुरक्षित भएकी सुन्दरी आफुलाई बाँडफाँड गर्न लागेको कुराले भयवित हुँदै स्वर्गतिर लागिन् । सुन्दर कन्याले स्वर्गमा पुगेर विष्णुलाई सबै कुरा सुनाइन्।
विष्णुले यसको समाधान ब्रम्हासगँ मात्रै रहेको कुरा बताएपछि दिक्क भएकी सागरकन्या आफ्नो सुरक्षाको लागि ब्रम्हा समक्ष पुगिन् र सारा वृतान्त बताइन् ।
सुन्दर कन्याको कुरा सुनेर दिक्क भएका ब्रम्हाले सुन्दरीलाई लिएर समुन्द्र मन्थन स्थल पुगे।
समुन्द्र मन्थन स्थलमा सुन्दरीको कारण सम्झौता भङ्ग भएर युद्ध सुरु हुन लागेको देखेर ब्रम्हाले युद्ध रोक्न आदेश दिए।
एक्कासी ब्रम्हाले युद्ध रोक्न दिएको आदेशप्रति दैत्यहरूले इकार गर्दै ब्रम्हालाई प्रश्न गरे।
सृष्टिकर्ता ब्रम्हाले दानवराजलाई सम्बोधन गर्दै भने,” तिमीहरूले अहिले घोषणा गरेको युद्ध मानव अस्तित्वसगँ जोडिएको छ । महिला मानिस हुन,वस्तु होइन । तिमीहरूले समुन्द्रबाट निस्केकी कन्यालाई देखेर महिलाको यौन भोग गर्ने कुरा मात्रै सोच्यौ । यो महिलाको मानविय अस्तित्व र स्वतन्त्रतासगँ जोडिएको विषय हो।
“
” यिनी मेरी बहिनी हुन्।म बहिनी भएको कारण भनिरहेको छैन,महिलाहरू मानव हुन् र मानविय अस्तित्वको परिचयसगै सृष्टि र सृजना गर्दै जीवन समाप्त गर्छन ।महिला जित र हारसगँ जोडिने बस्तु पनि होइनन् । समुन्द्र मन्थनमा कन्या यी जस्तै अनेकौं प्राणीहरू पाइन सक्छन्।पाइएका सबै प्राणीहरूलाई काटेर बराबर भागबन्डाको गर्न थाल्यो भने भेटिएको प्राणीको अस्तित्व नै मेटिन सक्छ।यिनी त मानिस हुन,मानिसलाई काटेर बाड्न मिल्दैन/ हुदैन। यहाँ मैले जे सुने त्यो मानवसृष्टी विरूद्धको कार्य हुने देखें र म यी कन्यालाई लिएर यहाँ आएको हुँ।त्यसैले आजको दिन पश्चात् हरेक कन्याले आफ्नो जिवनका लागि स्वयंवर छान्न पाउने छन्! “
ब्रम्हाको प्रस्तावमा असमत हुदाहुदै पनि दत्यराजले प्रस्तावलाई मञ्जुर गर्न पर्यो।
समुन्द्र मन्थनको महाअभियानमा कन्याको आगमनले महाअभियान रोकीयो।कन्याको मनोबैज्ञानिक बुझ्दै नबुझि स्वयम वर रोज्नु पर्ने परिस्थिति सृजना भयो। परिस्थितिले सुन्दरीलाई इच्छा विपरित वर रोज्नु पर्ने स्थितिमा पुर्याई दियो।
बाध्य भएर सुन्दरीले वरमाला हातमा बोकिन र दैत्य र देवहरूको लाइनमा वर छान्नलाई अघि बडिन्।
निकैबेरको छनौटपछि सागर कन्या लक्ष्मिले हरिभक्षलाई वरमाला पहिराइन् । त्यो नै वरमाला पहिर्याउने घटना नै त्यो समाजमा महिलाको मानविय अस्तित्व र पहिचानको पहिलो प्रयास थियो ।
(प्रायः देव र दानवसगँ जोडिएका कथाहरूमा महिलाहरूलाई यौनिक उपयोगको वस्तुको रूपमा प्रयोग गरिएको, पुरूषले आफू अनुकूल आफ्नो मनोरञ्जन,प्रजनन र निजि स्वामित्वसगँ जोडिएको साथै आफ्नो सत्ता,शक्ति र धन दौलतको प्राप्ति र सुरक्षाको साधनको रूपमा आफ्ना छोरी,बहिनीलाई जोडेको देखिन्छ।युद्ध र विजयपछि युद्धमा पराजितका पत्निलाई भोग गरेर आनन्द लिने परम्परा पनि यसैगरि सुरूवात भएको देखिन्छ।यसरी महिलाको अस्मिताको उपभोग गरेको विषय जोडिएको साहित्यले महिलालाई कथाको पात्र बनाउदा उपभोग्य वस्तुको विम्वको रूपमा प्रयोग गरिएको देखिन्छ।यस्ता कथा सुनेर धर्मको अनुसरण गर्ने हिन्दु / बौद्ध या अन्य जुनसुकै धर्म सम्प्रदायभित्र महिलालाई मानिसको रूपमा नमानेका अनेकौं उदाहरण छन् । यहाँ प्रस्तुत गरिएको पौरत्स्य दर्शनको एक पौराणिक कथाहरू मध्येको एउटा उदाहरण मात्रै हो )
-सीता ओझा
प्रतिक्रिया