गीतकार ज्ञानेन्द्र गदालको ‘महसुस’ सार्वजनिक

इनेप्लिज २०७८ साउन २४ गते २२:२० मा प्रकाशित

गीतकार ज्ञानेन्द्र गदालको आधिकारिक युट्यूब च्यानलबाट एउटा यथार्थ परक आधुनिक गीत “महसुस” सार्वजनिकभएको छ। सुमधुर स्वरकी धनी लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको “अधुरो भो जीवन कथा…” बोलको उक्त गीतमा गीतकार ज्ञानेन्द्र गदालको शब्द र गायक एवं संगीतकार मनोजराज सिवाकोटीको संगीत रहेको छ।

गीतकार गदालले आफ्नो सामाजिक संजाल (फेसबुक)मा स्टाटस (वस्तु-स्थिति)बारेमा यस्तो लेखेका छन् – “प्राय मानिस आफ्नो गल्ती देख्दैन, महसुस पनि गर्दैन । कम बेसी होला तर दुवै पक्षको गल्तीले मात्रै धेरैको सम्बन्धमा फाटो आउने हो तथापि मानिस यो मान्न तयार छैन। आफूमा बेदाग र अरूमा दागै-दाग देख्ने स्वभावका कारण नै सम्बन्ध बिग्रने हो भन्ने ज्ञानको अभावले मानिस सधैं तनाव ग्रस्त रहेको हो ।

आत्मबोधका साथ यो सत्यलाई स्विकार्ने वा महसुस हो भने शान्ति प्राप्तिको निकट पुग्न सकिएला, नत्र अशान्तिकै घेरामा हो रुमल्लिने हर मानिस ।”

‘महसुस’को गीत:पूर्ण शब्दहरु : 

अधुरो भो जीवन कथा पुरा भएन
तिम्रो मेरो सम्बन्ध नै दिगो रहेन
गल्ति तिम्रो मात्रै होइन मेरो पनि होला
मेरो भागको गल्ति खातिर मलाई माफ गर।

म आकाश भएर हाँस्न चाहन्थें
दोष तेसैलाई मान्यौ तिमीले
म पानी भएर बग्न चाहन्थें
बेहोश तेसैलाई ठान्यौ तिमीले
पिल्सिरह्यो मन तर रुन सकेन
यौटै यात्रा हुनुपर्थ्यो हुन सकेन
गल्ति तिम्रो मात्रै होइन मेरो पनि होला
मेरो भागको गल्ति खातिर मलाई माफ गर।

तिम्रो नजरको रोजाई थिएँ म
तिम्रै आँखामा रहन सकिन
तिमीलाई रिझाउने चाहना हो मेरो
शितल वतास भै बहन सकिन
खै के भयो जिन्दगानी खुल्न सकेन
वासना छर्दै फूलसरी फुल्न सकेन
गल्ति तिम्रो मात्रै होइन मेरो पनि होला
मेरो भागको गल्ति खातिर मलाई माफ गर।

https://www.youtube.com/watch?v=JSQm1I07wbw&t=3s

प्रतिक्रिया