किरण गजमेरले जिते द भ्वाइस अफ नेपाल सिजन–३ को उपाधि

इनेप्लिज २०७८ साउन २४ गते १३:४७ मा प्रकाशित

काठमाडौं।द भ्वाइस अफ नेपाल सिजन थ्रिको उपाधि किरण गजमेरले जितेका छन्।उनले उपाधिसहित नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए।

यसैगरी टीम राजुबाट बागलुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जलिङका आर्यन तामाङ र टीम तृष्णाबाट भोजपुरका ज्वाला राई फाइनलिस्ट भएका छन्। तीनैजना फाइनलिस्टले द भ्वाइस अफ नेपालको ट्रफी पाएका छन्।

एक सातासम्म दर्शकले गरेको भोटका आधारमा यो निर्णय भएको हो।एसएमएस र अनलाइनमार्फत् संसारभर रहेका नेपालीले उनीहरुलाई भोट गरेका थिए। गएराती भएको एपिसोडमा यी चारै जना प्रतिभाहरुले आफ्ना प्रस्तुतीहरु दिएका थिए।

अमेरिकामा बस्दै आएका किरण भ्वाइसकै लागि नेपाल आएका थिए।किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिएका छन्।

टिम प्रमोदको प्रतिस्पर्धीले लगातार दोश्रो पटक नेपालकै नम्बर वान सिंगिङ रियालिटी शोको टाइटल जितेका छन्।

यसअघि पनि टिम प्रमोदबाटै राम लिम्बूले यो उपाधि जितेका थिए।

यो रियालिटी शो हिमालय टीभीमा हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आएको थियो।

प्रतिक्रिया