प्रदेश नं १ मा ७६५ जनामा कोरोना सङ्क्रमण–१७ को मृत्यु

इनेप्लिज २०७८ साउन २३ गते १७:०७ मा प्रकाशित

विराटनगर,२३ साउन।पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ७६५ जनामा कोरोना सङ्क्रमण भएको छ।

सो अवधिमा एक हजार पाँच जनाको पिसिआर परीक्षण गर्दा ३१२ र एक हजार ४३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४५३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा १०० मध्ये विराटनगरमा १७,झापामा ८८,सुनसरीमा ७८,पाँचथरमा १५,धनकुटामा १४, इलाममा १३,तेह्रथुम र उदयपुरमा दुई दुई जनामा सङ्क्रमण देखिएको छ।

सो अवधिमा प्रदेशमा आज ४५८ जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन्। जसमा २०५ महिला र २५३ पुरुष छन्।

पछिल्लो २४ घण्टामा सात महिला सहित १७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया