विदेशबाट गर्भ बोकेर फर्किइन् २१ बर्षीय युवती, न्यायको खोजीमा भौतारिँदै (भिडियोसहित)

सरोज बस्नेत २०७८ साउन २३ गते ९:४० मा प्रकाशित

उर्लाबारी।परिवारलाई सुखसँग पाल्ने सपना बोकेर विदेशिएकी इलामको दानाबारीकी २१ बर्षीया ललिता परियार यतिबेला ७ महिनाको गर्भ बोकेर न्यायको खोजीमा छिन्।

२ बर्ष बैदेशिक रोजगारीको क्रममा कतारमा काम गरेर फर्किकी ललिताको पेटमा अहिले ७ महिनाको बच्चा हुर्किरहेको छ।ललिता इलाम घर जान सकेकी छैन। परिवारले उनलाई स्वीकार गर्ने अवस्था नभएकाले झापाको विर्तामोडमा डेरामा बस्दै आएकी छिन्।कतारमै रहँदा ललिताको मुगुका अपिल बमसँग प्रेम बस्यो। उनीहरुबीच शारीरिक सम्बन्ध पनि भयो।सोही क्रममा उनीहरुको गर्भ बस्यो।आफु अविवाहित रहेको भन्दै कपिलले ललितालाई प्रेमजालमा पारे।त्यसपछि उनीहरुबीचको प्रेम झाँगिदै गयो।

कतारबाट कपिल घर फर्किए।त्यसपछि ललिताले थाहा पाइन्,आफुलाई धोका दिएको।कपिलको श्रीमति र छोरीसमेत रहेको उनले थाहा पाइन्।त्यतिखेर ललिताको पेटमा कपिलको बच्चा हुर्किँदै गएको थियो।ललिताले त्यो बच्चालाई जन्म दिने निर्णय गरिन्।र,घर फर्किन्।त्यसपछि कपिल सम्पर्क बिहीन बने।
पटक पटक सम्पर्क गर्दासमेत कपिलकी श्रीमतिले फोन उठाउने गरेकी छिन्।यतिबेला ७ महिनाको गर्भ बोकेर ललिता न्याय मागिरहेकी छिन्।कुनै संघसंस्थाले उनको न्यायका लागि पहल गरेको छैन।आफ्ना बेदनाहरु मिडियामार्फत पोखिरहेकी छिन्।न्यायका लागि सहयोगका लागि सबै पक्षमा उनले अपिल गरेकी छिन् ।

प्रतिक्रिया