तीज भाका छमछम नाच बरीलै ल्याए सुवर्ण र दीपाले

इनेप्लिज २०७८ साउन २२ गते १०:०४ मा प्रकाशित

 

काठमाडौं,२० साउननजिकिँदै गरेको यस पटकको तीजलाई लक्षित गरेर गायक तथा सँगीतकार सुवर्ण कुमार श्रेष्ठ र गायिका दीपा कोईरालाले युगल स्वरमा नयाँ तीज भाका छमछम छमछम नाच बरीलै… बजारमा ल्याएका छन्।

यो गीतमा शब्द संगीत र संगीत सँयोजना पनि सुवर्ण कुमारकै रहेको छ।यो गीतमा सुवर्ण र दीपालाई स्वरमा विष्णु श्रेष्ठ र रञ्जु मगरले पनि साथ दिएका छन्।गीत नृत्य प्रधान बनेको छ।यसपटकको तीजमा यो गीतले तीजगीत प्रेमीलाई नचाउने विश्वास यी गायक गायिकाको रहेको छ।

सरस्वती श्रेष्ठ निर्माता रहेको यो गीतको भिडियोलाई सुवर्ण कुमारले नै छायांकन र सम्पादन गरेका हुन्।यो गीतको भिडियोलाई जीवन थापाले निर्देशन गरेका हुन् ।यतीबेला यो तीज भाका र यसको भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको यसका गायक संगीतकार सुवर्ण कुमारले बताएका छन्।

यो तीज भाकाको भिडियोलाई भिडियो क्राफ्ट नेपालको युट्युव च्यानलबाट रिलिज गरिएको छ । यो गीतको भिडियोमा गायिका दीपा कोईराला सहित मञ्जुला गिरी,सविता कार्की,रफ्तार पौडेल,केशब विसी,प्रवेश पौडेल मुख्य भूमिकामा छन्।नृत्य कलाकारका रुपमा सुस्मिता श्रेष्ठ,सुस्मिता कार्की,रञ्जु मगर,भावना पौडेललगायत रहेका छन्।

प्रतिक्रिया