सोमबार, साउन ३० २०७९
काठमाडौं १५:४८
वासिङटन डिसी 06:03

समिर खान र रोशनी कार्कीको अभिनयमा रहेको “भाग्यमा नभएको मान्छे “सार्वजनिक

इनेप्लिज २०७८ साउन २२ गते ९:५२ मा प्रकाशित

विराटनगर,श्रावण २१ गते।समिर खान र रोशनी कार्कीको अभिनयमा रहेको “भाग्यमा नभएको मान्छे “गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । एलिना चौहानको स्वरमा रहेको गीतमा प्रेम र विछोडलाई गीतमा समेटिएको छ।

विशाल निरौलाको शब्द तथा संगीतमा गीत तयार गरिएको छ।भाग्यको कारणले जिवनमा पाएको चोटलाई गीतमा समेटिएको छ ।दिपक गिरीको छायाँकन ,अमृत चपागाईको सम्पादन तथा श्रृजन बरालको निर्देशन भिडियोमा रहेको छ।“भाग्यमा नभएको मान्छे “गीतमा समिर खान ,रोशनी कार्की ,जिवी चिरन र आदित्य डिसीको अभिनय देख्न सकिन्छ।

“भाग्यमा नभएको मान्छे “ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया