आइतबार, माघ ९ २०७८
काठमाडौं ०८:३४
वासिङटन डिसी 21:49

मलिका र कुन्साङ्गको ‘तिम्रो माया’

इनेप्लिज २०७८ साउन २१ गते २२:२२ मा प्रकाशित

निशान भट्टराई र बेनिशा पौडेलको आवाजमा रहेको नयाँ गीत ‘तिम्रो माया’ सार्वजनिक भएको छ।सार्वजनिक गीतमा मन्दिरा ढुंगेलको शब्द र दिपक शर्माको संगीत रहेको छ।राजधानीमा एक कार्यक्रमको बीच मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको छ।राजेश पुमा राईको निर्देशनमा तयार भएको गीतको भिडियोमा मलिका महत र कुन्साङ्ग वोम्जन फिचर रहेका छन्।क्युट जोडीको रुपमा प्रस्तुत गरिएको मलिका र कुन्साङ्गको जोडीलाई गीत सार्वजनिक समारोहमा खुलेर तारिफ गरिएको छ। उत्सव दाहालले खिचेको भिडियोलाइ विकास दाहालले सम्पादन गरेका छन्।

प्रतिक्रिया