गणेश थापाको कोशेली तिमीसँग दिल बस्यो
काठमाडौं, २० साउन यस अघि आयो मेरै राजा…गीतबाट चर्चा कमाएका गायक गणेश थापाले फेरी अर्को नयाँ गीत तिमीसँग दिल बस्यो…को भिडियो बजारमा ल्याएका छन्।उनले दुई साता अघिमात्र आयो मेरै राजा…बजारमा ल्याएका थिए।नयाँ गीत तिमीसँग दिल बस्यो…को भिडियो मँगलबार बेलुका बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो।यो गीतमा सुन्दर पन्तको रचना,बलराम राजबँशीको संगीत रहेको छ।यो भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन्।रोमान्चक शैलीको यो गीतको भिडियोमा राहुल श्रेष्ठ,साक्षी लम्साल,सुवर्णकुमार र सुनिता भुजेलको अभिनय रहेको छ।यो भिडियोमा राहुल र साक्षीको अभिनय प्रभावशाली देखिएको छ।आफुहरुको अभिनयलाई दर्शकले मन पराएको कलाकार साक्षी लम्सालले बताएका छन्।
भिडियोमा त्रिकोणात्मक प्रेमलाई प्रस्तुत गरिएको छ।यो गीतको भिडियोमा टंक केसीको छायाँकन, सुरेश कुमार राउतको सम्पादन, शोभा श्रेष्ठको सृँगार रहेको छ ।यो भिडियोलाई सवला थापाले निर्माण गरेकी हुन्।
केही समयदेखि अमेरिकामा बस्दै आएका गायक गणेशले नेपालमा आएको बेला यो दुई वटा गीत रेकर्ड गरेका हुन्।आफ्नो अघिल्लो गीत आयो मेरै राजा…लाई दर्शकले रुचाएपछि अहिले दोश्रो गीत बजारमा ल्याएको गायक थापाले बताए।चाँडै अर्को समेत गीत समेटेर गीतिसँग्रह बजारमा ल्याउने तयारी गरिरहेको पनि उनले बताएका छन्।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया