कोभिड युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतम हटाइए

इनेप्लिज २०७८ साउन १८ गते १२:२० मा प्रकाशित

काठमाडौं।कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा.जागेश्वर गौतमलाई हटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गौतमलाई केन्द्रीय अस्पतालबाट प्रसुती तथा स्त्री रोग अस्पतालमा सरुवा गरेको हो।डा.गौतमको ठाउँमा ट्रमा सेन्टरका डा.रुद्र मरासिनीलाई पठाइएको छ।

अघिल्लो सरकारले जेठ १० गते गौतमलाई मन्त्रालयको प्रवक्ताबाट हटाएर केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत मा नियुक्त गरेको थियो।

गौतम विरुद्ध उपकरण खरिदमा अनियमितता गरेको आरोप लगाउँदै वीर अस्पतालका कर्मचारी आन्दोलनमा उत्रिएका थिए।

यसैबीच स्वास्थ्य समन्वय शाखामा डा।विवेकलाल कर्णलाई सरुवा गरिएको छ भने उनको ठाउँमा सार्क क्षयरोग केन्द्रकी डा. रीता जोशीलाई पठाइएको छ।

प्रतिक्रिया