बुधबार, भदौ १ २०७९
काठमाडौं ०३:३७
वासिङटन डिसी 17:52

टोकियो ओलम्पिकमा अमेरिकी महिला भकुण्डो टोली क्यानडासंग १-० ले पराजित

इनेप्लिज २०७८ साउन १८ गते १०:४५ मा प्रकाशित

जापानको टोकियो ओलम्पिकमा अमेरिकी महिला भकुण्डो (सकर)टोली क्यानडासंग १-० ले पराजित भएको छ । महिला भकुण्डो टोलीमा बिश्वमै सशक्त र बलियो टोलीको स्वर्ण पदक जित्ने सपना चकनाचुर भएको छ।

क्यानडाका की जेसी फ़्लेमिङ्गले पेनाल्टी प्रहार गरे पछि अमेरिकी भकुण्डो टोली प्रतियोगिताबाट बाहिरिएको हो । आज सोमबार अगस्त २ का दिन सम्पन्न सेमी फाईनलमा क्यानडाले गोल गरे पछि अगाडी बढ्न नसकी प्रतियोगिता बाटै हटेको छ ।

तर अब स्वर्ण पदक नल्याउन सकेत पनि तेश्रो कास्य पदकको लागि पुन खेल खेल्ने छ भनि सिएनएनले लेखेको छ ।

तस्बिर : सिएनएन

प्रतिक्रिया