शान्ता जिसीको ‘घरबारी’ सार्वजनिक

इनेप्लिज २०७८ साउन १७ गते ११:४७ मा प्रकाशित

महिलाहरुको महानपर्व हरितालिका तिज नजिकिएसँगै तिजका सार्वजनिक हुने क्रम बढेको छ।यसै बीच गायीका शान्ता जिसीको स्वर रहेको नयाँ गीत ‘घरबारी’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

प्रेम सापकोटा सोनु र शान्ता जिसीको स्वर रहेको गीतलाई प्रेम सापकोटाले लिरिक्स तयार पारेका हुन्, गीतमा उनकै म्युजिक छ।महेन्द्र भण्डारीको म्युजिक एरेन्ज,खडक वाजुरालीको साउण्ड मिक्सिङमा तयार गीत मालाश्रीमा रेकर्ड गरिएको हो।यसको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन्।राजेश घिमिरेले खिचेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन्।भिडियोमा रामजी खाँड र अनु पराजुली लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।शान्ता जिसीकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको गीत छोटो समयमै चर्चामा छ।

यसअघि गायिका जिसीले सार्वजनिक गरेका गीतहरु ‘जापानिज साडी, वरीलै, बाहिर कुरा नगर लगायतका गीत चर्चित छन्।यो गीतबाट पनि राम्रो प्रतिक्रिया पाएको उनको भनाई छ।बाचा, तिम्रो बचन लगायतका अरु आधा दर्जन गीतमा स्वर भरेकी उनी लामो समयदेखि जापान बस्दै आएकी छन्।उनले हरेक वर्ष तिजका समयमा तिज गीत ल्याउने गरेकी छन् भने अन्य बेलामा समेत फ्याट्टफुट्ट गीत सार्वजनिक गरिरहेकी छन्।

प्रतिक्रिया