विश्वभरिको एनआरएनहरुले आज जुलाई ३१ सम्म नया नेतृत्व चयन गरि सक्नु पर्ने अन्तिम दिन हो। चीनमा पनि नया नेतृत्व चयन गर्नको लागी सहमतिमा अनेकौँ असफल प्रयास नभएको होईन तर कुनै पनि ठोस नतिजा निस्कन नसक्दा अन्तिम घडीमा चुनावी प्रकृयामा गएको थियो।
वर्तमान महासचिव यमबहादुर क्षत्री ( ओम ज्ञवाली) र संरक्षक रोहित कुमार अग्रवाल अध्यक्ष पदको लागी चुनाबी मैदानमा उत्रिएका थिए भने महा सचिवमा यादव अर्याल र बिजय श्रेष्ठ, दुबै पदमा भारी मतले रोहित अग्रवाल र यादब अर्यालले भारी मतान्तरले विजयी हासिल गरेका छन।
रोहितले १०९ भोट प्राप्त गर्दा ओम ज्ञवालीले जम्मा ६४ भोट ल्याएका थिए भने महासचिव पदमा यादव अर्यालले १२७ भोट ल्याउँदा अर्का उम्मेदवारले जम्मा ४३ भोट ल्याएका थिए।
उपाध्यक्षमा रोहित पक्षकै निर्मल चौलागाई र विष्णु दुमरुले बिजय हासिल गरे भने महिला उपाध्यक्षमा सबिता बर्तौला निर्बिरोध भएकी छन ।
कोषाध्यक्षमा हालका सह कोषाध्यक्ष बलराम तामाङ निर्विरोध भएका छन भने, सचिबमा बिष्णुहरी भण्डारी र राजकुमार खरेल विजयी भएका छन।
सह कोषाध्यक्षमा रबिन्द्र कुमार माली बिजयी भएका छन भने युवा संयोजकमा सुबर्ण श्रेष्ठ बिजयी भएका छन
महिला संयोजकमा पुन्यवति सुबेदी कोईराला निर्विरोध भएकी छन। सदस्यहरुमा, युबराज थापा, प्रदीप नेपाल, तुलसी न्यौपाने,दिपक अग्रवाल,प्रदीप सिंह,सुरज शर्मा यादब दाहाल, प्रेम प्रसाद सुबेदी, नबराज तिमिल्सेना चुनिएका छन।
आईसीसीमा हालका अध्यक्ष प्रदिप न्यौपाने निर्बिरोध चुनिएका छन।
प्रतिक्रिया