बोत्स्वाना एनआरएनए अध्यक्षमा शान्ती भण्डारी
गबोरोने , बोत्स्वाना ।दक्षिणी अफ़्रिकि भुपेरिवेष्ठित मुलुक बोत्स्वाना एनआरएनएको आज सम्पन्न बार्षिक साधारण सभाले श्रीमती शान्ती भण्डारीलाई निर्बिरोध अध्यक्ष चयन गरेको छ ।
त्यसैगरी तुलसी कामी अन्तर्राष्ट्रिय समितिको सदस्यमा चुनिनु भएको छ । सर्बसम्मत चुनिएको कार्यसमितिमा गोबिन्द प्रसाद कंडेल उपाध्यक्ष , गोपाल बहादुर खडका महासचिव , जितु बिक कोषाध्यक्ष ,इन्दु दाहाल महिला संयोजक र नारायण प्रसाद दाहाल युवा संयोजक चुनिनु भएको छ ।
त्यसैगरी कार्य समिति सदस्यहरुमा खुश बहादुर , प्रभा बाँसकोटा , खुश्बु कुमारी बजाज , कृष्ण कंडेल र सिर्जना पन्त रहनु भएको छ । साधारण सभाको अनुगमनकर्ता पुर्व अध्यक्ष डा. बिपी यादव हुनुहुन्थ्यो भने सभापतित्व निवर्तमान अध्यक्ष पदम भण्डारीले गर्नु भएको थियो ।
बीस लाख जनसंख्या भएको दक्षिण अफ्रिकाको उत्तरमा रहेको बोत्स्वाना द्रुत गतिले बिकास भइ रहेको अफ्रीकी देश हो । सन १९६० मा प्रती व्यक्ती आय ६० डलर रहेको बोत्स्वानाको अहिले प्रती व्यक्ती आय वार्षिक १८,८२५ डलर छ । खनिज / खानी , पशुपालन र पर्यटन यहाँका आम्दानीका मुख्य श्रोत हुन ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया