नारायण रायमाझीको चर्चित गीत ‘कदमको छायाँले’ नयाँ भर्जनमा (भिडियो)

इनेप्लिज २०७८ साउन १६ गते १०:४४ मा प्रकाशित

चर्चित गायक तथा निर्देशक नारायण रायमाझीको गीत ‘कदमको छायाँले’ नया भर्जनमा सार्वजनिक भएको छ।कदमको छायाले आमाको मायाले,तिज विशेष रहेको करिब २० वर्ष अगाडि रेकर्ड भएको गीत नयाँ भर्जनमा सार्वजानिक गरिएको छ।गीतलाई नयाँ एरेन्जमेन्ट सहित भिडियो रीमा इन्टरटेन्मेन्टले रिलिज गरेको हो।

पहिला रेकर्ड भएको गीतमा गायिका बिमा कुमारी दुरा,शकुन्तला रायमाझी र सुष्मा आचार्यले स्वर दिएका थिए।लय पुरानै भएपनि शब्द र भिडियोमा देखिने कलाकारहरु समय सापेक्ष बनाईएको छ।पुनः ताजकी गरीएको गीतमा सुनिता बुढा छेत्रीले स्वर दिएकी छिन्।

शब्द,संगीत रायमाझी आफैले गरेका हुन् भने भिडियोमा मिराज अर्याल र योगेन्द्र कार्कीको क्यामेरा,मिराज अर्यालको सम्पादन रहेको भिडियो निर्देशन नारायण रायमाझीले गरेका हुन्।

प्रतिक्रिया