फुलबुट्टे सारीका आनन्द सिंह र नायिका पुजा शर्मा अभिनित ‘तिमी आउने जाने’ सार्वजनिक ( भिडियो )

इनेप्लिज २०७८ साउन १५ गते २३:१० मा प्रकाशित

 

लोकप्रिय नायिका पुजा शर्मा अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।गायिका अस्मिता अधिकारी र गायक अविनाश न्यौपानेको युगल स्वर रहेको गीत ‘तिमी आउने जाने’मा पुजा शर्मा र सर्वाधिक हिट गीत फुलबुट्टे सारीका मोडेल आनन्द सिंहको अभिनय रहेको छ।

टंक बुढाथोकी शब्द ,संगीत रहेको गीतको भिडियोमा पुजा शर्मा र आनन्द सिंहको केमिस्ट्री जमेको देखिन्छ।

सर्वाधिक हिट गीत फुलबुट्टे सारीको मेल भर्सनबाट अभिनय यात्रामा पाइला सारेका आनन्दले अभिनयमा कुनै कसर बाकी राखेका छैनन।निर्देशकले उनको अभिनय कलालाई मज्जाले भिडियोमा उतार्न सफल भएका छन।भिडियोलाई गायक तथा अहिलेका चर्चित निर्देशक सशान कंडेलले निर्देशन गरेका हुन। पर्यटकीय स्थल कालिञ्चोकको रमणीय स्थलमामा छायांकन गरिएको भिडियोमा बुद्ध थापाको छायांकन,बिकास दाहालको सम्पादन गरेका हुन।टंक बुढाथोकीको युट्युब च्यानलबाट सार्वजनिक भिडियोलाई रिलिज भएसंगै रफ्तार लिदै छ र सत प्रतिशत सकारात्मक प्रतिक्रियाहरु पनि पाइरहेको छ।

प्रतिक्रिया